सिरहा । सिरहा जिल्लाको निवार्चन क्षेत्र नम्वर १ मा माओवादी केन्द्रबाट प्रतिनिधी सभाका लागि आशानन्द यादव सहित ३ जनाको नाम सिफारीस भएको छ । सिफरीस हुनेमा आशानन्द यादव सहित गणेश चौधरी र दशमी लाल चौधरी हुन् ।

माओवादीबाट यादवको नाम सिफरीस भए संगै स्थानीयमा खुसी छाएको छ । यादव माओवादी पार्टीको भातृ संगठन YCL नेपालको जिल्लाका बिभिन्न पदमा रही काम गरी सकेका छन् । हाल यादव YCL नेपालका केन्द्रीय सदस्य हुन् । सिरहा जिल्ला क्षेत्र नम्बर १ लाई अधार बनाई राजनिती गर्दै आएका यादव सबै माझ लोकप्रिय छन् । यादव आफ्नो क्षेत्रमा समस्यामा परेकालाई सके सम्मको सहयोग गर्दै आएका छन् ।

स्थानीय एक युवा नेताका अनुसार बिकासप्रेमी छवि बनाएका यादवलाई माओवादीका नेता कार्यकर्ता देखि अन्य दलका नेता कार्यकर्ताले पनि सम्मान गर्ने गर्द छन् ।

यदि पार्टीले मलाई उम्मेदवार बनाएमा म सत प्रतिशत जित हासिल गर्ने यादवले हिपमत डटकमलाई बताए । मैले पदमा नहुदाँ पनि यहाँका जनताका लागि दिन रात नभनी काम गरेको छु । यदि म पदमा गए भन्ने हरेक जनताका समस्या बुझी समधान गर्ने बताए । यस क्षेत्र भरीमा रहेको सम्पुर्ण मतदाताले आफ्नो अमुल्य मत दिएर सेवा गर्ने अवसर दिने छ भन्ने यादवको पुर्ण विश्वास छ ।

त्यसैगरी समानुपातिक तर्फ सुधा कुमारी यादव, रिकमा विश्वकर्मा र पप्पु कुमार साहको नाम सिफारिस भएका छन् ।

प्रदेशसभा १ ‘क’ तर्फ विजय गुप्ता, खड्गनारायण चौधरी र नौथनी महतोको नाम सिफारिस भएका छन् ।
त्येस्तै प्रदेशसभा १ ‘क’ समानुपातिक तर्फ सुनिता महतो, देवनारायण महतो, उमेश प्रसाद साह र गमकलाल चौधरी सिफारिस भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!