बुधबार, मंसिर १८, २०७६ || 1056  पटक पढिएको

हिपमत डटकम
काठमाडौं ,मंसिर १८ ।

नेपाली कथानक चलचित्र ‘१२ सत्ताईसको प्रदर्शन मिति परिवर्तन भएको छ । यसअघि यहि मंसिर २७ गते प्रदर्शन हुने भनिएको यो चलचित्र अब आउँदो माघ ३ गते प्रदर्शन हुने निर्माण कम्पनी ह्याप्पी प्लानेट फिल्मस् प्रा.ली.ले जनाएको छ ।

‘१२ सत्ताईस’को प्रचार प्रसारको लागी समय कम भएको र चलचित्रलाई अन्तिम रुप दिन केही प्राबिधिक काम समेत बाँकि रहेकोले प्रदर्शन मितिमा हेरफेर गर्नुपरेको निर्माण कम्पनीले जारी गरेको नोटिसमा उल्लेख छ । लाइट कमेडी जनरामा निर्माण भएको यो चलचित्रको केहि दिनअघि सार्वजनिक ट्रेलरमा मिश्रित प्रतिक्रिया आइरहेका छन् । चलचित्रमा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाउँन खोजिएको छ । जोन योञ्जनले निर्देशीत चलचित्रमा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, अभोन राज , भीस्म जोशि, अस्मिता खनाल, बिना कार्की लगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!