रिचर्डलिसनको दुई गोलको सहयोगमा प्रिमियर लिग क्लब टोटेनहमले च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब मार्सेलीलाई २–० ले हराएको छ । बुधबार राति भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी खेलेको टोटेनहमका लागि रिचर्डलिसनले दोस्रो हाफमा दुई गोल गर्दै जित दिलाए ।
खेलको ४७ औं मिनेटमा मार्सेलीका क्यान्सिल मनगुलुले राटोकार्ड खाँदा १० खेलाडीमा समिति भएको थियो । घरेलु मैदानमा खेलको ७६ औं मिनेटमा गोल गर्दै रिचर्डलिसनले टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ८१ औं मिनेटमा गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए ।
जितसँगै टोटेनहमले समूह ‘डी’ मा एक खेलबाट ३ अंक जोडेको छ । मार्सेलीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । यसै समूहको अर्काे खेलमा पोर्चुगिज क्लब स्पोर्टिङले जर्मन क्लब फ्रेन्कफर्टलाई ३–० ले हराएको छ । स्पोर्टिङले तीन अंक जोडेको छ ।