बीरेन्द्रकुमार साह

बुधबार, भाद्र २२, २०७९ || 11598  पटक पढिएको

सानै उमेरदेखि संचारकर्म र व्यवसायमा सक्रिय भएर बहेका युवा हुन् समिर कार्की। सामाजिक क्षेत्रमा पनि निकै नै सक्रिय रहेका कार्की दर्जनौ संघ सस्थामा आवद्द छन् ,तिनै कार्की नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्यकोलागि सिफारिसमा परेका छन्। समिर कार्कीसँग गरिएको यो बिशेष कुराकानी प्रस्तुत गरिएको छ।

सञ्चारकर्मसहित विभिन्न व्यवसायमा व्यस्त तपाईलाई एमालेले प्रदेशसभाको लागि सिफारिस गरेछ नि ?
हजुर सिफारिस भएको छु । म विगत १२ वर्षदेखि सञ्चार क्षेत्र हुँदै पछिल्लो समयमा यातायात व्यवसाय र सेनिटरी प्याड सम्बन्धी उद्योगमा व्यस्त थिए । त्यतिमा म व्यस्त थिएन अन्य धेरै कुराहरु जोडिएका थिए मेरो व्यस्ततामा । म इटहरी खेलकुद फाउण्डेशनको अध्यक्ष भएको नाताले खेलकुद क्षेत्रका जिम्मेवारी पनि त्यतिकै थिए । त्यो सँगै सामाजिक अभियानका कामहरु पनि उत्तिकै गरिरहेको अवस्थामा थियो । यहि बेलामा मेरो पार्टीले प्रदेश १ को प्रदेशसभा सदस्यमा जानका लागि माथिल्लो निकायमा सिफारिस गरेको छ जुन स्वभाविक छ भन्ने लाग्छ ।

स्थानीय चुनावपछि नेपाली राजनीतिमा एक किमिसको तरंग नै पैदा भएको थियो । स्थानीय चुनावको नतिजा हेर्दा धेरै पालिकामा युवाहरुले जितेको देखिन्छ । राजनीतिक दलमा युवाहरुले त्यति ठाउँ नपाई रहेको अवस्थामा देशको केन्द्रिय राजनीतिमा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा धरान, काठमाडौं, धनगढीलगायत विभिन्न पालिकामा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका युवाहरुले जितेको तपाई हामी सबैलाई थाहा नै भएको विषय हो । यसको मतलब अब नेपाली राजनीतिमा युवाहरुको आवश्यकता बढी महसुस भएको बुझ्न त्यति कठिन नहोला भन्ने लाग्छ ।
स्थानीय चुनावमा हर्क, बालेनको जितले राज्यको मूलधारको राजनीतिक दललार्य एउटा च्यालेञ्जको विषय बनाई दिएको, दलमा आवद्ध भएका धेरै युवाहरु योग्य छन्, क्षमतावान छन, नेतृत्व गर्न सक्छन तर ठाउँ पाईरहेको अवस्था थिएन तर अब त्यो समय रहेन । मेरो उम्मेदवारीको विषयमा कुरा गर्दा पार्टीले मलाई योग्य ठानेर सुनसरीको ३ (क) बाट सिफारिस गरेको हुनसक्छ । मैले यसरी बुझेको छु । अझ भनौ भने सुनसरी ३ (क) का युवाको सम्मान भएको छ ।

अहिले समग्र देश नयाँ अनुहार र युवाको खोजीमा छ । एमालेले जनताको यहि मनोभाव समात्न खोजेको हो कि तपाईले पार्टीमा दिएको योगदानको आधारमा सिफारिस गरेको हो ?

युवाको मनोभाव र योगदान दुवै मेरो उम्मेदवारीका सार्थक परिणाम हुन भन्ने लाग्छ । पछिल्लो समयमा देशमा आएको युवाको ट्रेन र पार्टी र समाजप्रति मैले गरेको योगदान नै प्रदेशसभा सदस्यको सिफारिसको कारक हो भन्ने मेरो बुझाई छ । विगत लामो समयदेखि पार्टीमा लागेर काम गरेकै व्यक्ति पनि हुँ । सबैभन्दा धेरै २०७० को निर्वाचनमा झापामा रहेर केपी बालाई प्रचारप्रसार संयोजक भएर जिताएको योगदान ताजै छ ।
अर्कोतिर देश अहिले बा… को युगामा प्रवेश गरेको छ । जस्तै बा.. भन्नाले केपी बा, नेकपा एमालेका श्रदेय अध्यक्ष केपी शर्मा ओली जोसँग नेपाली राजनीतिक दल एक्ला एक्लै भिड्न सकिरहेका छैनन् । गठबन्धन नै गर्नुपर्ने बाध्यता छ । अर्को बा.. भनेका वालेन्द्र हुन जसले नेपाली राजनीतिमा तरंग नै सिर्जना गरिदिने र राजनीतिक दललाई युवाहरुलाई अवसर दिनु भन्ने सन्देश दिए । अब मेरो सिफारिस सम्बन्धमा म विगत १३ वर्षदेखि इटहरीबाट राष्ट्रिय टेलिभिजन सञ्चालन गरिरहेको थिएँ । टेलिभिजनको मध्यमबाट मैले इटहरीमा सामाजिक काम, खेल क्षेत्रलाई प्रमोसन गरिरहेको, स्वास्थ्यसँग सम्बन्धी निःशुल्क आँखा शिविर, कोभिडको समयमा राहत, अटो एम्बुलेन्सलगायत सामाजिक काम गरिरहेको थिएँ । मलाई लाग्छ मलाई मेरो यहि कामको पार्टीले मूल्याङ्कन गरेजस्तो लाग्छ । पार्टीलाई मैले नैतिक रुपमा सहयोग गरिरहेको थिएँ ।

तपाईलाई पार्टीले चुनावको लागि उम्मेदवार बनायो भने तपाईले जित्ने सम्भावना चाहि कति देख्नु भएको छ ?

अब उम्मेदवारी बनाउने नै युवालाई हो । अब युवा बेगर चुनाव जित्न मुस्किल छ । चाहे त्यो म होस् वा पार्टीका आम युवा । मैले यो क्षेत्रको भुगोलको सर्भे गरेको छु । म लगायत हाम्रो टिम ३ (क) को १७ वटा वडामा सर्भे गर्दा ९० प्रतिशत जनताको चाहना अब युवा आउनुपर्छ भनने छ । मसँग सर्भे गरेको भिडियो सहि पार्टीको हाइ कमाण्डमा पठाई दिँदैछु । अझ भनौ भने अहिले स्मार्ट फोनको जमाना छ । यहाँका जनताहरु शिक्षित भइसकेका छन् । सही के हो र गलत के हो छुट्याउन सक्छन । अब हाम्रो जित्ने आधारको कुरा गर्दा ०४८ सालदेखि निरन्तर यो क्षेत्रलाई अन्धकारमा राख्ने विजयकुमार जस्ता पात्रको पछिल्लो समयमा गिरेको साख, एमालेप्रतिको जनलहर र विकास प्रतिको जनताको विश्वास नै अबको निर्वाचन जित्ने आधार हुन् ।

०४८ सालदेखि विजयकुमारले गरेको एउटा मात्र राष्ट्रिय गौरवको योजना के छ ? एउटा पनि देखिन्न । एउटा निर्वाचनमा जितेर गए पछि पैसाको बिटो बोकेर अर्को चुनावमा मात्र निर्वाचन क्षेत्रमा आउने उनको प्रचलन अब यस क्षेत्रका जनताले बुझिसकेका छन् । सानो प्रलोभनले ३ (क) का जनताले धेरै योजना गुमाएको महसुस गर्दै अहिले पछुतो मानेका जनताले अब एमाले बाहेक अरुलाई मतदान गर्छन जस्तो मलाई लाग्दैन । यद्यपि पछिल्लो समयमा विजयकुमार गच्छदार साख माटामा मिलिसकेको अवस्थाले पनि अब जनताले रोज्ने दल भनेकै नेकपा एमाले हो र त्यो भित्र म पनि पर्छु र यदि मैले टिकट पाएको खण्डमा जित पक्का छ ।

पार्टीले उम्मेदवार छनौट गर्दा मुख्य के कुरामा ध्यान पु¥याउनु पर्ला ?

पार्टीले उम्मेदवार छनौट गर्दा पहिलो कुरा कुन उम्मेदवार उक्त क्षेत्रका लागि उपर्युक्त छ भन्ने हेर्नुपर्छ । परिस्थितिजन्य अवस्थामा कसलाई उठाउँदा निर्वाचन जित्न सकिन्छ ? भन्ने पनि हुन्छ तर त्यसका अलवा पार्टीका कुनै पनि पंक्तिमा रहेर पार्टी हितमा लागेको व्यक्ति पनि हुन आवश्यक देखिन्छ । निर्वाचन लड्न सक्ने क्षमता, उसको योग्यता, उसको सोच र भिजन कस्ता छन भन्ने कुराले पनि ठूलो मान्यता राख्दछ भन्ने लाग्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!