हिपमत डटकम

बुधबार, भाद्र २२, २०७९ || 38864  पटक पढिएको

बिराटनगर। आवधिक निर्वाचन प्रजातन्त्र र प्रजातान्त्रिक अभ्यासको प्रमुख आयाम हो र राज्य व्यवस्थापनको अनिवार्य अभिन्न अंग समेत हो । यसको माध्यमबाट सवल, दक्ष, स्वच्छ र असल व्यक्तित्व चयन गरिने र सो व्यक्ति मार्फत देशमा सुशासन र सम्वृद्धि हुनु निर्वाचनको खास लक्ष्य हो । तर नेपाल निर्वाचनमा स्वच्छ छविका मात्रै होइन विभिन्न आपराधिक पृष्ठभूमिका व्यक्तिहरु समेत सहभागि भई साांसद मन्त्री लगायतका राज्य सञ्चालनमा विभिन्न पदमा पुग्दै आएका छन् ।

आशन्न निर्वाचनमा पनि सत्तारुढ गठबन्धन सहित प्रमुख प्रतिपक्ष नेकपा एमालेले समेत भटाभट आपराधिक पृष्ठभूमिका व्यक्तिहरुलाई उम्मेदवार सिफारिस गरेका छन् । संविधानले आपराधिक पृष्ठभूमिका व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन अवैध उल्लेख गरेपनि कानूनको अभ्यासको अभावमा नेपालमा जस्तासुकै मुद्दामामिला लागेका व्यक्तिहरु पनि निर्वाचनमा सहभागि हुँदै आएका छन् ।

यही कुरालाई मध्यनजर गर्दै ओमकार महाभियानका अध्यक्ष दिनेश कुमार सिजापतिज्युले मिति २०७९ भाद्र १५ गते उच्च अदालत पाटनमा निर्वाचनमा उम्मेदवारको रुपमा सहभागी हुने व्यक्तिहरुको योग्यता संविधान र ऐनको आधारमा आचरण, क्रियाकलाप, गतिबिधि आदि जस्ता सामाजिक पृष्ठभुमि, त्यस्तै राज्यलाई तिर्नु पर्ने कर, राजश्व लगायतका आर्थिक दायित्व बहन गरेको अवस्था देखिने गरि उम्मेदवार सम्बन्धित राजनीतिक दल मार्फत सम्बन्धित निकायबाट प्राप्त आधिकारिक विवरण खुलाउन लगाई सो विवरण सार्वजनिक समेत गर्नु पर्ने व्यवस्था योग्यताको आधारमा स्थापित गर्ने त्यसै गरि उम्मेदवारले चुनावमा खर्च गर्न पाउने रकमको अधिकतम हद तोकिनु पर्ने, कानुनी व्यवस्था आसन्न निर्वाचन सम्बन्धि आचार संहितामा उल्लेख गरिनु पर्ने, निर्वाचन आयोग द्वारा सो विषयमा स्पष्ट व्याख्या र आवश्यक कानुनि व्यवस्था नगरेको हुँदा सो को माग गर्दै उत्प्रेषण, परमादेश लगायत उपयुक्त आदेश जारि गरि पाउ भनि रिट निवेदन दायर गरेका थिए । सो मुद्धाको हालसम्म दोश्रो पटक सुनुवाईको क्रममा माग गरिएको कानुनी उपचार सम्बन्धि विषयमा अत्यन्त संवेदनशील तवरले सुनुवाई हुन गएको सो मुद्धालाई अग्राधिकार समेत प्राप्त भएको छ ।

उक्त विषय केवल कानुनी विषय मात्र नभई सामाजिक रुपान्तरण तथा राजनीतिको सुदृढिकरणसंग सरोकार राख्ने विषय भएको हुँदा सामजिक स्तरबाट छलफल तथा बहस हुनु आवश्यक देखिएकोले मिडिया, संचारकर्मी, राजनीतिक दल, बौद्धिक वर्ग बाट यस विषयमा व्यापक विमर्श तथा विश्लेषण हुनु सम्बन्धित सबैमा आ—आफ्नो स्थान बाट यो विषय उठान गरिदिनु हुन हार्दिक अनुरोध समेत गर्दछौं ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!