हिपमत डटकम

मंगलबार, भाद्र २१, २०७९ || 10143  पटक पढिएको

नेपाली कांग्रेस महामन्त्री गगन थापाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालबारे सरकारले ल्याएको विधेयकबारे स्पष्ट जानकारी राख्न नसक्दा संसदप्रति सही धारणा नबनेको बताएका छन् । मंगलबार केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ को दफावार छलफलका क्रममा थापाले सही समयमा विधेयक नल्याएकाले विधेयकमार्फत गर्न खोजिएको व्यवस्थाबारे स्पष्ट पार्न नसकिएको बताए ।

‘विधेयक प्रस्तुत गर्ने पक्षले जसरी प्रस्तुत गर्नुपर्थ्यो, जसरी विचार निर्माण गर्नुपर्थ्यो त्यो गर्न नसक्दा आज कसरी प्रस्तुत भएको छ बाहिर ? मानौं हामी एक–दुई महिनाको पारिश्रमिक र सेवासुविधाका निम्ती सबै मरिहत्ते गरिरहेका छौं’, थापाले जनमानसले गरेको प्रश्न उधृत गर्दै भने, ‘यो हामी सबैको सर्वाधिक महत्त्वको कुरा हो ।’

थापाले कोही पारिश्रमिक लिने पक्षमा रहेको र कोही पारिश्रमिक नलिने पक्षमा रहेको भन्दै तर सवै एकदुई महिनाको पारिश्रमिक लिनका लागि मरिहत्ते गरिरहेका छन् भन्ने अर्थमा बुझिएको बताए । उनले संसद्को कार्यकाल सम्बन्धमा सरकार र प्रतिपक्ष भएर सांसद प्रस्तुत हुन नहुने बताए । ‘कहिलेकाँही संसद्को प्रतिष्ठाको लागि हामी एकठाउँ उभिनुपर्छ । हामी उभिएनौँ भने त्यसको दाग हामी सबैलाई लाग्छ’, थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!