हिपमत डटकम

मंगलबार, भाद्र २१, २०७९ || 2309  पटक पढिएको

भारतीय क्रिकेट खेलाडी सुरेश रैनाले सबै खाले क्रिकेट फर्म्याटबाट सन्यास घोषणा गरेका छन् । यसअघि सन् २०२१ मा पूर्व कप्तान महेन्द्र सिंह धोनीसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका उनले अहिले सबै खाले क्रिकेट फर्म्याटबाट सन्यास घोषणा गरेका हुन् ।

अब रैनाले इन्डियन प्रिमियर लिग (आईपीएल) पनि नखेल्ने भएका छन् । गत सिजन उनलाई आईपीएलका कुनै पनि टोलीले किनेका थिएनन् । ‘मेरो देश र राज्य यूपीको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि खुसिको कुरा हो । क्रिकेटका सबै फर्म्याटबाट सन्यासको घोषणा गर्न चाहन्छु,’ रैनाले मंगलबार ट्विटरमा पोस्ट गरेका छन् ।

रैनाले रोड सेफ्टी सिरिज खेल्ने भएका छन् । ‘म रोड सेफ्टी सिरिजमा खेल्नेछु । दक्षिण अफ्रिका, श्रीलंका र युएईका टी–ट्वान्टी फ्रेन्चाइजीहरुले मलाई सम्पर्क गरेका छन् तर मैले कुनै निर्णय लिएको छैन,’ रैनाले दैनिक जागरणसँगको कुराकानीमा भनेका छन् ।

रैनाले २०१८ देखि कुनै पनि फर्स्ट क्लास वा लिस्ट ए क्रिकेट खेलेका छैनन् । रैनाको अन्तिम आईपीएल खेल अक्टोबर २०२१ मा थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!