हिपमत डटकम

मंगलबार, भाद्र २१, २०७९ || 1100  पटक पढिएको

नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणको बारेमा चिनियाँ पक्षबाट जारी भएको विज्ञप्तिमा ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपालको संलग्नताबारे उल्लेख भएको भन्दै त्यसबारे सरकारसँग जवाफ माग गरेकी छिन् ।

यसबारे चिनियाँ राजदूतको पत्रिकामा प्रकाशित लेखमा तथा चिनियाँ उच्च राजनीतिक सल्लाहकारले राष्ट्रिय सभाका अध्यक्षसँग भएको कुराकानीमा पनि उल्लेख गरेको उनको भनाई थियो । नेपालको कुनै पनि सेक्युरिटी एलाइन्समा सहभागी हुने नीति विपरीत आएका अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालय अझै मौन रहेकोमा पूर्व परराष्ट्रमन्त्री समेत रहेकी कोइरालाले आश्चर्यसमेत व्यक्त गरिन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै उनले लामो समदेखि तातोपानी र रसुवा नामा लामो समयदेखि बन्द रहेकोमा पनि चासो व्यक्त गरिन् । उनले यसबाट व्यापारी पीडित भएको र उनीहरू आत्महत्या गर्नेसम्मको अवस्थामा पुगेकाले सो विषयमा कूटनीति पहल गर्न आग्रह समेत गरिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!