हिपमत डटकम

मंगलबार, भाद्र २१, २०७९ || 541  पटक पढिएको

रियल म्याड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्चेलोटीले आफ्नो टोलीलाई बुकमेकरहरुले यो सिजनको च्याम्पियन्स लिगको उपाधिको सम्भावित दाबेदारको सूचीमा पाँचौ स्थानमा राखेकोमा ‘आश्चर्यचकित’ नभएको बताएका छन् ।

 

मंगलबार समूह एफमा सेल्टिकविरुद्ध आफ्नो उपाधि रक्षाको अभियान सुरु गर्नअघि रियललाई उपाधिको सम्भावित दाबेदारहरूको सूचीमा बायर्न म्युनिख, पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर सिटी र लिभरपुलभन्दा पछि राखिएको छ ।

एन्चेलोटीले १४ पटकको युरोपियन विजेतालाई गत सिजन पनि ‘अन्डरडग’ को सूचीमा राखेको स्मरण गराए । ‘यो एउटा सुखद् संकेत हो,’ उनले भने, ‘हामीलाई अन्डरडग भनेकोमा कुनै आपत्ति छैन । हामी आफूले सुधारेका छौँ ।’

यो सिजन भेटरान ब्राजिलियन फूलब्याक मार्सेलो रियल छाडेका छन् भने फ्रान्सका मिडफिल्डर औरेलियन टुएमेनी र जर्मनीका सेन्टर ब्याक एन्टोनियो रुडिगर क्लबमा भित्रिएका छन् । ला लिगामा लगातार चार जीत निकाल्दै रियल यतिबेला अंक तालिकामा शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!