हिपमत डटकम

मंगलबार, भाद्र २१, २०७९ || 472  पटक पढिएको

सरकारले अपांगता भएका व्यक्तिहरूको लागि राष्ट्रिय नीति बनाउने तयारी गरेको छ । अमूल्य फाउण्डेशनले मंगलवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले यस्तो जानकारी दिएका हुन् ।

उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपांगता भएको व्यक्तिको राष्ट्रिय नीति बनाउने तयारी थालेको र राष्ट्रिय नीतिको विषयमा एक चरणमा छलफल चलिरहेको बताए । सचिव शर्माले समावेशी विपद् जोखिम न्यूनीकरण सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीबाट निस्किएको निस्कर्षलाई पनि समेटेर राष्ट्रिय नीतिमा समावेश गरिने जानकारी दिए ।

शर्माले विपद्जन्य जोखिमको समस्यामा सबैभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरू पर्ने गरेको उल्लेख गर्दै उनीहरूलाई लक्षित गरेर नीति बनाउन लागेको बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग विकासको क्षेत्रमा समन्वय, सहकार्य गरी आगामी दिनमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको हक, हित, अधिकारको कार्यान्वयन र असल जीवन प्रणालीको विकासका लागि सहकार्य गर्ने बताए । उनले योजना, तर्जुमा प्रभावकारी कार्यान्वयन गर्ने र असल नतिजा दिनेतर्फ मन्त्रालय सचेत रहेको पनि बताए ।

कार्यक्रममा अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरणसम्बन्धी जानकारीमूलक हातेपुस्तिका पनि विमोचन गरिएको थियो । पुस्तक नेपाली, अंग्रेजी र बेल संस्करणमा विमोचन गरिएको फाउण्डेशनले जनाएको छ । पुस्तक विमोचनपछि फाउण्डेशनका अध्यक्ष पल्लभ पन्तले आफूहरू प्रयासलाई सरकारले अपनत्व ग्रहण गरेकोप्रति खुशी प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!