हिपमत डटकम

मंगलबार, भाद्र २१, २०७९ || 600  पटक पढिएको

चितवन । चिनवनको भरतपुरमा सञ्चालित एक दिने शिविरबाट नौसय ३५ जना लाभान्वित भएका छन् ।

गीतानगर लायन्स क्लब, भरतपुर महानगरपालिका वडा नंं १३ स्थिति चितवन हर्नविल लायन्स क्लब र गीतानगर लियो क्लबको संयुक्त आयोजनामा गत भदौ १८ गते शनिवार सञ्चालित उक्त शिविरमा निशुल्क स्वास्थ्य जाँच गरी औषधी वितरण गरिएको थियो ।

काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोग तथा लाइफलाइन हेल्थ होम, पुल्चोक ललितपुरको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं. १३ को उज्ज्वलचोकमा सम्पन्न शिविरमा रोगबाट पीडित गरिब तथा पिछडिएका समुदायका अधिकांश रोगीहरूले सेवा लिएका थिए ।

आर्थिक अभावले उपचार गराउन नपाएका वा अस्पतालसम्म सेवा लिन जान नसक्नेहरूले सो शिविरबाट सेवा लिएका थिए । गीतानगर लायन्स क्लबका अध्यक्ष देभेन लोहनीकाअनुसार शिविरमा जनरल मेडिकल, स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा नसा, छााला रोग, नाक, कान घाँटी, आँखा, दन्त र पाठेघर रोगसम्बन्धी सेवा दिइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!