हिपमत डटकम

मंगलबार, भाद्र २१, २०७९ || 2668  पटक पढिएको

काठमाडौं, भदौ २१ । महिला साफ च्याम्पियनसिपको छैटौं सस्करण आजबाट काठमाडौंमा शुरु हुँदैछ । आज हुने च्याम्पियनसिपको पहिलो खेलमा आयोजक नेपालले भुटानको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ५:३० बजे शुरु हुनेछ ।

नेपाल आज हुने खेलमा भुटानलाई हराउँदै साफ च्याम्पियनसिपमा सुखद शुरुवात गर्न चाहन्छ । यसपटक घरेलु मैदानमा उपाधि उचाल्ने लक्ष्य राखेको नेपाल आज जीत निकाल्दै उत्कृष्ट शुरुवात गर्न चाहन्छ । हालसम्म चार पटक फाइनल खेलेको नेपाल भारतसँग पराजित हुँदै उपविजेतामै सिमित भएको थियो ।

हालसम्म भारतसँग भन्दा अन्य टोलीसँग प्रतियोगितामा पराजीत नभएको नेपालले भुटानलाई कमजोर भने आकेको छैन । भुटान दुई साता अगाडि नै नेपाल आएर प्रशिक्षण गरेको थियो । छैटौं सस्करणसम्म आइपुग्दा फाइनल पुन नसकेको भुटान नेपाललाई बलियो प्रतिस्पर्धा दिने सोचमा छ ।

सोमबार भएको प्रि-म्याच कन्फ्रेन्समा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले टोली खेल्नको लागि तयार भएको बताएका थिए । तयारीको रुपमा मैत्रीपूर्ण खेल खेल्न नपाएपनि नेपाल घरेलु मैदानमा पहिलो पटक उपाधि चुम्न आतुर रहेको थापाले बताएका थिए ।

नेपालले आज घरेलु मैदान दशरथ रंगशालामा पहिलो पटक आधिकारिक प्रतियोगिताको खेल खेल्दैछ । पछिल्लोपटक नेपालले दशरथ रंगशालामा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । घरेलु मैदाननै भएपनि नेपालको लागि रंगशाला बिरानो जस्तै छ । हालसम्म नेपालले मात्र तीन पटक रंगशालामा प्रशिक्षण गर्ने मौका पाएको छ ।

यस्तै नेपाल आज नयाँ कप्तान एन्जिला तुम्बाप्पो सुब्बाको नेतृत्वमा मैदान उत्रिनेछ । नियमित कप्तान रेनुका नगरकोटीले

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!