सिधा कुरा जनतासंगका कार्यक्रम प्रस्तोता रबि लामिछाने प्रधानमन्त्री केपि शर्मा ओलिलाई भेट्न टिचिङ हस्पिटल पुगेका छन्। उनले प्रधानमन्त्री केपि शर्मा ओलिलाई स्वास्थ्य लाभको सुभकामना दिदै भने म प्रधानमन्त्री ज्युको सुभेच्छुक हु र रहिरहने छु। ओलिको मिर्गौला प्रत्यारोपण गर्न करिब पाँच घण्टा लाग्ने अस्पतालले जनाएको छ । अस्पतालका प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण शुरु गरेको हो ।
मिर्गौला प्रत्यारोपणअघि उहाँको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओली प्रत्या रोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना हुनुभएको थियो ।
उहाँलाई उहाँकी भान्जी समीक्षा सङ्ग्रौला कोइरालाले मिर्गौʼला दान गर्नुहुनेछ । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।