हिपमत डटकम

सोमबार, भाद्र २०, २०७९ || 3940  पटक पढिएको

विराटनगर । मोरङको क्षेत्र नम्बर चारमा प्रतिनिधि सभाको आगामी निर्वाचनमा प्रत्यक्षतर्फ माओबादी केन्द्रले अमनलाल मोदीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

आइतवार बसेको निर्वाचन क्षेत्रिय समितिको बैठकले ४ मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सर्वसम्मत रुपले एकल रुपमा उम्मेदवार सिफारिस गरेको हो ।

बैठकले प्रतिनिधि सभाको समानुपातिकतर्फ भोगेन्द्र यादव , धर्मलाल माझी , सुनिता सरदार , डोल्मा राजबंशी र सोभित चौधरीको नाम सिफारिस गरेको छ ।

यसैगरि सोही क्षेत्रको प्रदेश सभाको क मा प्रत्यक्षतर्फ बिजय विश्वास थारु , पप्पुलाल चौधरी र मनोज राईको नाम सिफारिस गरेको छ । यहाँ समामानुपातिकतर्फ केवल रार्य , सुर्य नारायण मुडियारी , ध्यानबहादुर वन , उमालाल मण्डल खवास , कुसन सरदार र झलक भगत सिपारिस भएका छन ।

यस्तै मोरङ ४ खबाट प्रदेश सभामा प्रत्यक्षतर्फ हरिप्रसाद घिमिरे , ताजिम अन्सारी , किशोरकुमार पाण्डे र देव राजवंशी सिफारिस भएका छन । समानुपातिकतर्फ यो क्षेत्रबाट सावित्रा अछामी , अन्जना पोखरेल , सावित्रा गौतम , मनकुमारी गिरी गुरागाँई , बिन्दि मिश्र, ज्ञानबहादुर कार्की , आमो पौडेले , अशोक शर्मा , तुलसी आपागाँगई , पन्चु चौधरी , सरस्वती ओझा र ईन्द्रकला भट्टराई सिफारिस भएका छन ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!