राम प्रेम यादब

सोमबार, भाद्र २०, २०७९ || 13209  पटक पढिएको

विराटनगर । प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा दुरबिन (अर्थोस्कोपी) बाट एसिल लिगामेंटको सफल शल्यक्रिया गरेको छ। अर्थोपेडिक सर्जन डा. रामकुमार यादवले सो शल्यक्रिया गरेका हुन् ।

अर्थोस्कोपी एउटा शल्यक्रिया विधि हो, जुन विधिबाट अर्थोपेडिक शल्यचिकित्सकले जोर्नीभित्रको समस्या पत्ता लगाउने र उक्त समस्याको उपचार गर्छन् । कोशी अस्पतालमा अर्थोस्कोपी पद्धती माध्यमबाट उपचार गर्न केही दिन अगाडी देखि सुरु गरेको अस्पताल प्रशासनले हिपमत मिडियालाई जानकारी दिए।

१९ बर्षीय एक फुटबल खेलाडीको एसिल लिगामेंट च्यातेको अस्पताल ल्याएको ति खेलाडीलाई हिड-डुल गर्न अप्ठयारो भएको थियो , बिरामी कोशी अस्पतालमा आए पछि हामीले अर्थोस्कोपीबाट एसिल लिगामेंटको सफल शल्यक्रिया गरेको अर्थोपेडिक सर्जन डा. यादवको भनाई छ ।

घुँडाको अर्थोस्कोपीमा शल्यक्रिया विधिद्वारा छालामा सानो प्वाल पारेर जोर्नी भित्र हेर्न गरिन्छ । यसबाट घुँडा भित्र भएको समस्यालाई उपचार गर्न सहज भएकोले बिरामी पुर्ण रुपले ठिक भएर घर गई सकेको छ । अहिले ति बिरामीमा कुनै किसीमको समस्या नरहेको उपचार गराएका ति खेलाडीले बताए।

३५ शय्याको अर्थोपेडिक वार्ड रहेको यस अस्पतालले हप्ताको चार दिन अप्रेसनको पालो र २ दिन (आइतबार र बुधबार) अर्थोपेडिक सेवा दिरहेको छ । अस्पतालको अर्थोपेडिक विभागमा ९ जना अर्थोपेडिक चिकित्सक कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!