काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट अवैध लागूऔषध गाँजा ८ सय ग्राम र नगद २० हजार रुपैयाँ सहित काठमाडौं जडिबुटी बस्ने ३३ वर्षीय अविनाश राज भण्डारी लगायत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्व रबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त गाँजा र नगद सहित पक्राउ गरेको हो ।
त्यसैगरी कास्की जिल्लाको पोखरा महानगरपालिका-१० अम्मरसिंह चोकबाट नियन्त्रित लागूऔषध नुर्फिन ५६ एम्पुल, डाईजेपाम ५६ एम्पुल र फेनारगन ५६ एम्पुल सहित म्याग्दी धौलागिरी गाउँपालिका-१ बस्ने ३१ वर्षीय नगेन्द्र थापा लगायत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वीरंगजबाट बागलुङतर्फ जाँदै गरेको ना.८ ख ९२५१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
त्यसैगरी मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६१ मिलिग्राम सहित सुनसरी ईटहरी उपमहानगरपालिका-९ बस्ने ३४ वर्षीय सन्तक कुमार खड्कालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी धादिङ जिल्लाको थाक्रे गाउँपालिका-२ ढाडेबाट अवैध लागूऔषध चरेश १० किलोग्राम सहित सोही गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सिम्लेबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त चरेश सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।