हिपमत डटकम

सोमबार, भाद्र २०, २०७९ || 1311  पटक पढिएको

एसिया कपमा पाकिस्तानविरुद्धको सुपर फोरको खेलमा विराट कोहली पुरानो लयमा फर्किएको देखिएका छन् । करिब एक महिना क्रिकेट मैदानबाट टाढा रहँदा उनी दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिज, वेस्ट इन्डिज र जिम्बाब्वेको भ्रमणमा देखा परेका थिएनन् । ब्रेकपछि उनले एसिया कपमा उत्कृष्ट पुनरागमन गरेका छन् ।

पाकिस्तानविरुद्धको पहिलो खेलमा उनले ३५ रन बनाएका थिए । त्यसपछि उनले हङकङविरुद्ध अर्धशतक प्रहार गर्दै ५९ रन बनाए । यसपछि तेस्रो खेलमा उनले पाकिस्तानका उत्कृष्ट बलरको अगाडि ४४ बलमा ६० रन बनाए । यस इनिङ्समा कोहलीले चार चौका र एक छक्का प्रहार गरेका थिए ।

कोहलीलाई जसरी विकेटमा दौडिरहेको देखियो, त्यसबाट लाग्थ्यो उनी अन्तर्राष्ट्रिय शतकको खोजीमा विगत तीन वर्षदेखि आउट अफ फार्ममा परेका क्रिकेटर होइनन् । तर, क्र्याम्पिङका कारण उनी फिल्डिङका क्रममा मैदानमा देखिएनन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!