हिपमत डटकम

आइतबार, भाद्र १९, २०७९ || 12261  पटक पढिएको

विराटनगर ।सड़क निमार्ण र विस्तार कार्यमा संलग्न इन्जिनियरहरुलाई आज एक दिने विशेष प्रशिक्षण प्रदान गरिएको छ । प्रविधिको उच्चतम उपयोग गरि भरपर्दो र सुरक्षित डिजाईन सम्वन्धि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

नेपालको विकास कार्यमा सहजता ल्याउन सड़क पुर्वाधारको अहम भूमिका रहदै आएको छ । देशको विकासमा गति ल्याउन मात्र नभई हरेक भेगमा समान अवसरको प्रत्याभूति पनि यातायात संगै जोडिएको हुन्छ ।यसै सन्दर्भमा प्रशिक्षणमा सहभागिहरुलाई “स्मार्ट रोड“ नामक सफ्टवेयर मार्फत रोड डिजाइनका लागि तालिम दिईएको छ ।

इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसीएसन प्रादेशिक समिति विराटनगरले आयोजना गरेको कार्यक्रममा विभिन्न कार्यालयमा कार्यरत पचास बढी प्राविधिक इन्जिनियरहरु सहभागी रहेका नेपाल इन्जिनियर्स एसोसीएसन प्रदेश एकका पुर्व अध्यक्ष एवं सल्लाहाकार इन्जिनियर कमलेश्वर ठाकुरले जानकारी दिए।

विराटनगर एयरपोर्ट मोडस्थित होटेल पर्पल हेजमा आयोजित तालिम एसोसिएसन का प्रदेश अध्यक्ष ई.जयनाथ यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका प्रमुख प्रा.ओम प्रकाश ढकाल, अन्य विशिष्ट अतिथिका साथै एसोसिएसन पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागि प्रशिक्षार्थिहरुलाई प्रमाणपत्र संगै अतिथि एवम प्रशिक्षक संस्थाबाट सहभागिहरुलाई सम्मान स्वरूप मायाको चिनो प्रदान गरिएको थियो ।सो कार्यक्रमको संचालन सचिव ई महेश धितालले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!