हिपमत डटकम

आइतबार, भाद्र १९, २०७९ || 4098  पटक पढिएको

पोखरा। पोखराको छिनेडाँडामा खुकुरी प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्। पोखरा महानगरपालिका वडा नं -१४ छिनेडाँडा राधाकृष्ण मार्गस्थित घरायसी विवादमा ४६ वर्षीय श्रीमान लोक बहादुर गुरुङले आफ्नै श्रीमती ४४ वर्षीया विमला गुरुङलाई टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

कास्कीका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काका अनुसार घटनाको सूचना लगत्तै खटिएको प्रहरीको टोलीले विमलालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल लगेकोमा उनको अन्दाजी बिहान ११ बजे मृत्यु भएको हो।

घटनामा श्रीमान् लोक बहादुर गुरुङ पनि घाइते छन्। प्रारम्भिक अनुसन्धानमा लोक बहादुरले श्रीमतीलाई टाउकोमा खुकुरी प्रहार गरी आफैलाई पेटमा खुकुरी प्रहार गरेको देखिएको निरिक्षक खड्काले गण्डक न्युजलाई बताए। उनको अवस्था समेत गम्भीर रहेकाले विस्तृत विवरण खुल्न नसकेको उनले बताए ।

पोखरा -१४ का वडा अध्यक्ष बाेधराज कार्कीका अनुसार श्रीमती विमला हालैमात्र वैदेशिक रोजगारबाट नेपाल आएको बुझिएको छ । उनिहरुका तीनजना छोराहरु छन्।
भिडियो हेर्नुस :

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया