विराटनगर। मोरङमा नेकपा माओवादी, नेपाली कांग्रेस र जसपा पार्टी प्रतियाग गरि पशुपती नेपालको नेतृत्वमा सयौंको सङ्ख्यामा नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।

शुक्रबार बिराटनगरमा रहेका अथिती सेवा सदनमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका राष्ट्रिय अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाई पार्टी प्रवेश गराएका हुन् ।

नेपाल लामो समय देखि बिधार्थी राजनितीमा सक्रिय रहेका छन् । उनी एमाले पार्टी प्रवेश गर्नु अगाडी नेकपा माओवादी पार्टीमा आबद्ध रहेका थिए । नेकपा (माओबादी केन्द्र) का प्रदेश कमिटी सदस्य मोरङ छेत्र न ४ काअ सह इन्चार्ज उनि छेत्र न ४ ख को प्रतक्ष्य उम्मेद्वारि छाडी एमाले प्रबेश गरेका हुन । माओबादी मा केन्द्रीय स्वास्थ्य बिभाग सदस्य समेत रहेका नेपाल नेपाल बुद्धिजिबी सङठन केन्द्रीय समिती मा समेत आबद्ध थिए ।

पशुपति नेपाल राजनितीमा मात्र हाईन, समाजिक, शैक्षिक एमं पेशागत क्षेत्रमा पनि अत्यन्त सक्रिय छन् ।

नेपाल ब्यावस्थापन संघ पुर्वा अञ्चल च्यापटरका संस्थापक निर्देशक, मानब संशाधन समाज नेपालका केन्द्रीय सदस्य, नेपाल बंशज परिषदका केन्द्रीय सदस्य, नेपाल भारत मैत्री समाज विराटनगरका सचिव, विपाश्यना ध्यान विराटनगरका सचिव लगायत दर्जनौं संघ संस्थामा आवद्ध रहेका नेपाल बिराटनगरमा सबै माझ लोकप्रिय छन् ।

राजनितिक गतिबिधीमा पहिलो पटक अनेरास्वबियु मार्फत सङठित भएको नेपाल लामो समय बिध्यार्थीको राजनितीमा सक्रिय थिए । उनका माता पिताले समेत बिध्यार्थी काल देखि नै एमालेका भातृ संगठन अनेरास्वबियुमा आवद्ध हुदै पार्टीमा सक्रियी थिए । पार्टीका बौद्धीक अभियानमा लामो समय काम गरेका नेपालका आमा बुवा एमालेलाई मोरगंमा बलियो बनाउन अहम भुमिका खेलेका हुन् ।

पार्टी प्रवेश गर्नेमा नेकपा माओवादीका जिल्ला सदस्य क. प्रदिप मण्डल, जहदा ४ माओवादीको अध्यक्ष तथा वडा अध्यक्षको उमेदवार राजकुमार मण्डल, माओवादी केन्द्र जहदा-५ को अध्यक्ष तथा वडा अध्यक्षको उमेदवार चन्दन मण्डल, जहदा-४ जसपाको वडा अध्यक्षको उमेदवार राजकुमार गन्गई, जहदा-३ को वडा सदस्य उमेदवार सुखित राजवंशी, YCL को जिल्ला सदस्य साहिल मण्डल सहित सयौंले नेकपा एमाले पार्टीमा प्रवेश गरेका हुन ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!