नेपालले दोस्रो एकदिवसीय खेलमा घरेलु टोली केन्यालाई पराजित गर्‍यो। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार नेपालले केन्यालाई १७ रनले हरायो। यस जितसँगै तीन खेलको सिरिज नेपालले एक खेल अगाबै २-० ले जितेको छ ।

योसँगै नेपालले इतिहास रचेको छ । केन्यामा पहिलोपटक वानडे सिरिज जित्दै नेपालले इतिहास रचेको हो। पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । अब नेपालले घरेलु टोलीविरुद्धको तेस्रो एकदिवसीय खेल सोमबार खेल्नेछ ।

नेपालले यसअघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो । नेपालले दिएको २ सय ३१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको केन्याले ४६ ओभर ३ बलमा अलआउट हुँदै २ सय १३ रन बनाउन सक्यो ।

केन्याका लागि रकिप पटेलले ८१ रनको अर्धशतकीय इनिङ खेले । कोलिन्स ओबुयाले ३७ रन जोड्दा नेल्सन ओधियाम्बोले २८ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले ४ तथा सोमपाल कामीले ३ विकेट लिए । करण केसी, आदील अन्सारी र पवन सर्राफले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ३० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय इनिङ खेले । रोहितले ९५ बलमा ७ चौका प्रहार गरे। यस्तै देव खनालले ३७ रन जोड्दा सोमपाल कामीले २६ रन बनाए ।

ज्ञानेन्द्र मल्लले २५, वसिर अहमदले १७, आदील अन्सारीले १४, अर्जुन साउदले ५ तथा दीपेन्द्र सिंह ऐरी र पवन सर्राफ समान २ रन बनाएर आउट भए । करण केसी ११ रनमा आउट हुँदा आदील आलम सुन्य रनमा अविजित रहे । केन्याका भिराज पटेल, शेम एन्गोचे, नेहिमिह ओधियाम्बोले २/२ विकेट लिए ।

नेपालले केन्यासँगको सिरिज जितेपछि भारतीय मिडियाहरूले पनि चासो देखाएका छन्। उनीहरू प्राथमिकताका साथ नेपाल–केन्या सिरिजको समाचारलाई कभर गरेका छन्। चर्चित भारतीय मिडिया स्पोर्ट्सकीडा हिन्दीले नेपालले सिरिज जितेको समाचारलाई प्रथमिकता दिएको छ।

उसले लेखेको छ, ‘केन्याविरुद्ध नेपालको रोमाञ्चक जित, अन्तिम ओभरमा खेलको नतिजा परिवर्तन भयो’ भने लेखेको छ। अन्तिम ओभर तिर नेपालका लागि दिपेन्द्रसिंह ऐरी नायक बन्द नेपालले म्याच जितेको उसले उल्लेख गरेको छ। दीपेन्द्रले ४ र सोमपाल कामीले ३ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!