हिपमत डटकम

आइतबार, भाद्र १९, २०७९ || 1297  पटक पढिएको

भाद्रशुक्लपक्ष अष्टमी, आजको अष्टमीलाई राधा अष्टमी भनिन्छ । आज गोरखकाली पूजा रहेको छ ।
बव करण, ज्येष्ठा नक्षत्र, विष्कम्भ योग, चन्द्रमा वृश्चिक राशिमा रहेको छ । आजको देवता यमराज, ग्रहदेव शनि । आइतबार विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्दा शुभ हुनेछ । आज विहान ११ः३९ देखि १२ः२९ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा गरेको काम सफलता मिल्नेछ । सरकारी कामकाजको लागि आजको दिन शुभ रहेको छ । पश्चिम दिशा तर्फको यात्रा गर्दा शुभ हुनेछ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

तपाईको स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता छाउने छ । त्यसैले मेष राशिका जातकले आजको दिन सकारात्मक सोच राख्नुहोला । आजको दिन आर्थिक व्यय हुनेछ । आजको दिन पश्चिम दिशा तर्फ फर्केर यात्रा गर्नुहोला । कसैसँग विवाह हुने काम नगर्नुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका जातका लागि आज अर्थलाभ हुनेछ । व्यापार ब्यबसायबाट नसोचेको आर्थिकलाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । पूर्व दिशा तर्फको यात्रा फलदायी हुनेछ । खुसी हुने खबरले मनमा उत्साह थपिने छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

धनलाभ र नयाँ सुखद खबरले तपाईलाई खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग सम्बन्ध सुमधुर हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । कम बोल्नु र आफ्नो नियमित काम गर्नु बुद्धिमानी हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने पश्चिम तर्फको यात्रा सफल हुनेछ । तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार पुर्याएर निर्णय गर्नु वेश हुनेछ । आइतबारको दिन विहान सूर्योदयको दर्शन र कुमारी कन्यालाई केही उपहार र खानेकुरा दिनु वेश हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशिका जातकले आइतबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन तपाईको अनुकूल रहेको छ । त्यसैले केही नयाँ कामको शुरुवात गर्न सक्नुहुनेछ । तपाईले कसैलाई सहयोग गर्नुभए वापत तपाईलाई मानसम्मान मिल्नेछ । पारिवारका सदस्यहरुले समेत तपाईलाई सम्मान गर्नेछन् ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

छोटो दुरीको यात्रा हुनसक्छ । नयाँ मित्रहरुहरुसँगको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो राम्रो हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला । शुभकार्यको लागि शुभ दिन रहेको छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला । अर्थलाभ हुनेछ, कसैप्रति गलत भावना नराख्नुहोला । सामाजिक सेवा र देवालय दर्शन र खानेकुरा प्रदान गर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । नयाँ क्षेत्र र लगानीको काम गर्नुछ भने आज उपयुक्त समयमा काम अघि बढाउन सक्नुहुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन सूर्यनारायणको दर्शन पछि आफ्नाृ यात्रामा बीचमा पर्ने कुनै देवालय र शिवालयको यात्रा गर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

ब्यापार ब्यबसायबाट लाभ हुने देखिन्छ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । परिवारका सदस्यलाई केही उपहारका सामान दिनुहोला । तपाईको मानसम्मान बढ्ने छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

तपाईको मनमा आज प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सबैको हित हुने सोच र काम गर्नुभएको छ भने अप्रत्याशित फल प्राप्त हुनेछ । कसैसँग विवाद हुने काम नगर्नुहोला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ काम गर्न खोज्नुभएको छ भने आइतवारको दिन तपाईको लागि उत्तम दिन हो ।साँझको समयमा परिवारका सदस्यलाई केही खानेकुरा उपहार दिनुहोला। शिवालयको आरती दर्शन गर्नुहोला । सिर्जनात्मका काममा समय खर्चनुहोला ।तको अर्थतन्त्रको आकार बेलायतको अर्थतन्त्रभन्दा ठूलो हुँदा उ विश्वको पाचौं ठूलो अर्थतन्त्र बनेको छ । भारतले सन् २०२१ को अन्तिम तीन महिनामा हासिल गरेको आर्थिक वृद्धिले बेलायतलाई उछिन्न सम्भव भएको ब्लुमवर्गले लेखेको छ ।

बेलायतमा छिट्टै आउने नयाँ प्रधानमन्त्रीले कुल ग्राहस्थ उत्पादनको आधारमा विश्व वरियतामा एक स्थान झरेको मुलुकमा शासन गर्नुपर्नेछ । बेलायतको कन्जरभेटिभ पार्टीका सदस्यहरूले सोमबार बोरिस जोनसनको उत्तराधिकारी छनौट गर्दैछन् । अन्तिम चरणमा विदेश मन्त्री लिज ट्रस र पूर्व अर्थमन्त्री ऋषि सुनक भिँड्दैछन् । मतसर्वेक्षणहरुले ट्रसले सुनकलाई हराउने देखाएको छ ।

बेलायतको अन्य आर्थिक सूचक पनि त्यति सुखद देखिँदैन । त्यहाँ अहिले चार दशकपछिकै तिव्र मुद्रास्फिर्ती भइरहेको छ । बैंक अफ इंग्ल्याण्डले बेलायतमा अहिलेको आर्थिक परिस्थितिले गर्दा मन्दीको जोखिम रहेको र त्यो मन्दी सन् २०२४ सम्म रहनसक्ने बताएका छन् ।

बेलायतको अर्थतन्त्र थप घट्ने सम्भावना छ । यो वर्षको दोस्रो त्रैमासिकमा बेलायतको कुल ग्राहस्थ उत्पादन नगदी आधारमा जम्मा १ प्रतिशतले बढ्यो । यसलाई मुद्रास्फीति समायोजन गर्दा अर्थतन्त्र ०.१ प्रतिशतले संकुचित भएको पाइएको छ ।

उता भारतीय अर्थतन्त्र भने यो वर्ष ७ प्रतिशतभन्दा बढी बढ्ने प्रक्षेपण छ, जुन विश्वकै उच्च आर्थिक वृद्धिमध्ये एक हुनेछ । मार्चमा भारतीय अर्थतन्त्रको आकार ८५४.७ अर्ब डलर रहेको आधारमा बेलायतको अर्थतन्त्र ८१६ अर्ब डलर थियो ।

आईएमएफकै प्रक्षेपण अनुसार भारतको यो वर्षको वार्षिक कुल ग्राहस्थ उत्पादनको आकार बेलायतको भन्दा बढी हुनेछ । योसँगै भारत अगाडि अब अमेरिका, चीन, जापान र जर्मनी मात्र रहनेछन् । एक दशकअघि विश्वको ११ औं ठूलो अर्थतन्त्र रहेको भारतले छोटो समयमा कुल ग्राहस्थ उत्पादनमा उलेख्य प्रगति गरेको हो । बेलायत भने एक दशकअघि पाँचौं स्थानमा रहेकोमा अहिले एक स्थान खस्केको हो । –ब्लुमवर्गबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!