हिपमत डटकम

शनिबार, भाद्र १८, २०७९ || 6055  पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ढिलै भए पनि जनभावनाको कदर गर्दै गाउँ, सहर र बस्तिबाट युवा नेताहरुलाई अगाडि सार्ने रणनीति लिएको छ । आसन्न मंसिर ४ को संघीय तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सुनसरीको क्षेत्र नं. ३ (क) बाट सञ्चार उद्यमी, सामा जिक अभियन्ता विष्णु (समिर) कार्कीको नाम सिफारिस भएको छ ।

त्यसो त सिनेमाको अध्ययन गरेर हिरो बन्ने सोख पालेका कार्की सानै उमेरदेखि सामाजिक अभियान अन्तर्गत युवा लक्षित एरिना टेलिभिजनमार्फत सञ्चार क्षेत्रमा हाम फालेको हुन् । उनले त्यसबेला कान्छो युवा सञ्चार उद्यमीको नामले परिचित पनि भएका हुन् ।
युवाहरुको नेतृत्व विकास, प्रतिभा प्रस्फुटनमा समेत उत्तिकै योगदान दिँदै आएका कार्की राजधानी सरोकार समाजका सहसंयोजक भएर इटहरीमा प्रदेशको राजधानी बनाउने अभियानमा पनि जुटेका हुन् ।

कार्कीले शिक्षा क्षेत्रको बेहत्तर विकासमा उत्तिकै चनाखो हुँदै सञ्चारकै क्षेत्रबाट विभिन्न गतिविधि गर्दै आएका छन् । प्रतिभा बाकेका तर प्लेटफर्म नपाएका विभिन्न विद्यालयका नानीहरुको प्रतिभा जनमानसमा ल्याउन टेलिभिजनको स्टेज उपलब्ध गराउनेदेखि रियालिटी शोमार्फत उनीहरुको प्रतिभा प्रस्फुटनमा योगदान पु¥याएका हुन् ।

खेलकुदको क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिँदै इटहरी खेलकुद फाउण्डेशनको माध्यमबाट योगदान दिँदै आएका हुन् । रात्रिकालिन क्रिकेट र फुटबल प्रतियोगिताको आयोजना गरेर सुनसरीमा छुट्टै पहिचान कायम गरेका व्यक्तित्व हुन् । सो सिफारिसमा लिलम बस्नेत र रोहित बहादुर कार्कीलाई समेत सिफारिस गरिएको संयोजक उमेश पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!