हिपमत डटकम

शनिबार, भाद्र १८, २०७९ || 5964  पटक पढिएको

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले समानुपातिकमा २० लाख मत ल्याउने बताएका छन् । मोरङको विराटनगरमा आयोजित पेशागत महासंघको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । उनले समानुपातिकबाट २० लाख मत ल्याए २० देखि २५ सिट आउने बताए । ‘समानुपातिकमा ११० सिट मध्ये २० लाख मत ल्याए २० देखि २५ सिट सुरक्षित हुन्छ,’ नेपालले भने ।
नेपालले गठबन्धन गर्ने विषयमा कांग्रेसमा अहंकार देखिएको बताए । २०७४ सालमा २३ सिट जितेको कांग्रेसले १ सय सिट दाबी गर्नु नै अहंकार भएको उनको भनाइ छ । ‘हाम्रो पार्टीमा उम्मेद्वारको कमी छैन । जित्ने ठाउँमा उम्मेद्वार खडा गर्नुपर्दछ । त्यसका लागि कांग्रेस, माओवादी र जनता समाजवादीसँग छलफल गरिरहेका छौं । सहमतिको प्रयास गरिहेका छौं,’ नेपालले भने, ‘कांग्रेसमा अहंकार देखिएको छ । सय सिट चाहियो भनिरहेको छ । उब्रेको सिट तिमीहरु बाँड भन्छ । हामीले उसलाई भनेका छौं । तिमीहरुले आफ्नौ हैसियतभन्दा बढी माग्ने आँट नगर । ०७४ सालमा कांग्रेसले जितेको जम्मा २३ सिट हो । त्यसको तीन गुणा काँग्रेसले लिँदा हुन्छ । हामी ७० भनिरहेका छौं । उ सय भनिरहेको छ ।’

उनले सहमतिका लागि बालुवाटारमा छलफल भइरहेको विषयमा बालुवा पेल्न खोजिरहेको बताए । ‘अहिले पनि छलफल भइरहेको छ, छलफल भनेको बालुवाटारमा बालुवा पेलिरहेका छौं । सहमतिको कोसिस छ । भएन भने पनि एक्लै लड्न आँट गर्नुपर्दछ,’ नेपालले भने ।

उनले आफ्नो पार्टीको अहिलेको स्थान सुरक्षित गर्न लाग्नुपर्नेमा कार्यकर्तालाई आग्रह गरे । ‘सबै आ–आफ्नो ठाउँबाट लाग्नुहोस्, अहिले हाम्रो पार्टी चौथो स्थानमा छ । आगामी निर्वाचनबाट पनि त्यो सिट कायम राख्नुपर्नेछ,’ नेपालले भने । नेपालले चुनावी गठबन्धन बाहेक तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने अहिले कुनै सम्भावना नरहेको बताए । तर, छलफल र बहस भने भइरहेको उनको भनाइ छ । माओवादीसँग चुनाव अगाडि नै एकता हुने भन्ने कुरामा कुनै सत्यता नरहेको उनले बताए । उनले कुनै पार्टीमा गएर आफ्नो विलिन नहुने बरु कुनै पार्टी आफ्नो पार्टीसँग आएर विलिन हुने दाबी पनि गरे । ‘हाम्रो पार्टी बिलिन हुने होइन, हाम्रो पार्टीमा अरु आए विलिन हुन्छन्, तर, हामीले नयाँ पार्टी बनाउने छलफल गरेका हौं ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!