हिपमत डटकम

शनिबार, भाद्र १८, २०७९ || 3404  पटक पढिएको

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको स्थायी राजधानी स्मार्ट सहर सहितको राजधानीका रूपमा विकास गरिने बताएका छन् । कृषि विकास बैंक शाखा कार्यालय भालुवाङको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले यसका लागि सरकारले जग हाल्ने काम सुरु गरिसकेको बताएका हुन् ।

 

मुख्यमन्त्री केसीले प्रदेशको राजधानी नदी सभ्यतामा आधारित राजधानी निर्माणको योजना सरकारले तय गरेको जानकारी दिए । राजधानी हाताभित्र पर्ने १४ वटा वडाका व्यवस्थित विकास गरी स्मार्ट सहरसहितको राजधानी बनाउने उनले बताए ।

स्थायी राजधानी निर्माणको गुरुयोजना तय गरिएकाले अबको चार वर्षमा नमुनायोग्य राजधानी निर्माण गरी सक्ने उनले बताए । राजधानी क्षेत्रको विकास लागि सरकारले ६०–४० रणनीतिक योजना सहितको जग्गा व्यवस्थापन योजना अघि सारेको उनको भनाई थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!