हिपमत डटकम

शनिबार, भाद्र १८, २०७९ || 2652  पटक पढिएको

एजेन्सी । बिहारमा भारतीय जनता पार्टी (भाजपा) को साथ छाडेर महागठबन्धनमा सामेल भएका मुख्यमन्त्री नितीश कुमारलाई मणिपुरमा झड्का लागेको छ ।

मणिपुरमा जेडीयूका ५ विधायक पार्टी परित्याग गरी भाजपामा प्रवेश गरेका छन् । त्यहाँ जेडीयूका ६ विधायक थिए ।

जेडीयूले पार्टी प्रवेशलाई असंवैधानिक भनेको छ भने भाजपाले स्वागत गरेको छ । मणिपुर विधानसभाका सचिव मेघजीत सिंहले ५ विधायकले भाजपा प्रवेश गरेको स्वीकारेको जानकारी दिए । यसै वर्ष भएको विधानसभा चुनावमा ३८ मध्ये ६ सिट जेडीयूले जितेको थियो ।

भाजपा प्रवेश गर्ने विधायकमा केएच जयकिशन, एन सनाते, मोहम्मद अछबउद्दीन, एएम खाउटे र अरुण कुमा रहेका छन्। यस सँगै भारतका पूर्वाेत्तर राज्यमा जेडीयू कमजोर हुँदै गएको देखिएको छ । यसअघि अरुणाञ्चलमा जेडीयूका एक्ला विधायक भाजपामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!