हिपमत डटकम

शनिबार, भाद्र १८, २०७९ || 494  पटक पढिएको

प्राथमिक स्वास्थ्य सेवा तथा सामुदायिक सहभागितामार्फत मानसिक स्वास्थ्यको विषयमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिणपूर्वी एसिया क्षेत्रका स्वास्थ्य मन्त्रीहरूबीच छलफलको आयोजना हुने भएको छ । विद्यमान कोभिड—१९ महामारी तथा उदीयमान खतराहरूको सन्दर्भमा स्वास्थ्य आपत्कालीन अवस्थाका लागि पूर्वतयारी तथा प्रतिकार्यको सबलीकरण, सुदृढ प्राथमिक स्वास्थ्य सेवामार्फत स्वास्थ्यमा सर्वव्यापी पहुँच तथा स्वास्थ्य सुरक्षा हासिल गर्नका लागि सोमबारदेखि एकहप्ता लामो बैठकमा सञ्चालन गरिने भएको हो । यस विषयको छलफलमा स्वास्थ्य मन्त्री, वरिष्ठ सरकारी अधिकारी तथा स्वास्थ्य क्षेत्रका साझेदारहरूले छलफल गर्नेछन् ।

 

विश्व स्वास्थ्य संगठन, दक्षिणपूर्वी क्षेत्रीय समितिको पचहत्तरौँ बैठक यो वर्ष भुटानमा आयोजना गरिँदैछ र बैठक भदौ २० देखि २४ सम्म चल्नेछ । बैठकमा दक्षिणपूर्वी एसिया विश्व स्वास्थ्य संगठनकी क्षेत्रीय निर्देशक, डा.पूनम खेत्रपाल सिंह, विश्व स्वास्थ्य संगठन मुख्यालयका अधिकारी, सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी, संयुक्त राष्ट्रसङ्घका निकायहरूका प्रतिनिधि, साझेदार, दातृ निकाय, नागरिक सङ्गठनका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

बैठक सत्रमा छलफल हुने मुख्य विषयहरूमा नसर्ने रोगहरूप्रति भएको प्रगतिको तथा द्रुत कार्ययोजनाको अनुगमन, क्षयरोग अन्त्य गर्ने लक्ष्य प्राप्तिका लागि भएको प्रगति, पाठेघरको क्यान्सरको उन्मूलन प्रक्रियालाई गति दिने र स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको शिक्षा तथा तालिमलाई सुदृढीकरण गर्ने आदि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!