हिपमत डटकम

शुक्रबार, भाद्र १७, २०७९ || 886  पटक पढिएको

नेपालमै पहिलोपटक आयोजना हुन लागेको नाडा इभी एक्सपो २०२२ को स्टल बुकिङ तथा लक्की ड्र कार्यक्रम सम्पन्न भएको छ । आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार ईभी एक्स्पोमा भाग लिनेगरी कुल ४५ कम्पनीले नाम दर्ता गराएका छन् ।

एक्स्पोमा चार पाँग्रेदेखि तीन पाँग्रे दुई पाँग्रे विद्युतीय सवारी साधनहरुको उल्लेख्य सहभागिता रहने भएको छ । यसैगरी सो प्रदर्शनीमा अटोकम्पोनेण्ट, टायर, ब्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ्ग स्टेशन, लगायत बैङ्क तथा इन्स्योरेन्स कम्पनीहरु समेत गरी कूल ४५ भन्दा बढी कम्पनीहरुको सहभागिता हुने नाडाले जनाएको छ ।

सोही एक्स्पोमा भाग लिने कम्पनीहरुको कसको कहाँ स्टल रहने भन्ने कुरा आयोजक नाडाले लक्की ड्र मार्फत शुक्रबार टुंगाएको छ । नाडा एक्स्पो आगामी असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!