हिपमत डटकम

शुक्रबार, भाद्र १७, २०७९ || 483  पटक पढिएको

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले साक्षरता अभियान सुरु गरेको छ । महिला एवम् युवतीहरुका लागि क्लबले साक्षरता अभियान सञ्चालन गरेको हो ।

क्लबले सेप्टेम्बर महिनाभरी आधारभूत शिक्षा र साक्षरता महिनाका रुपमा अभियान सञ्चालन गर्ने योजना बनाएको छ । सोही अभियान अन्तर्गत शुक्रबार क्लबले विराटनगरस्थित खार्जी कोहवारा गाउँका महिला र युवयीहरुका लागि साक्षरता कक्षा सञ्चालन गरेको छ ।

कार्यक्रममा ५० जना निरक्षर महिला र युवतीहरुको सहभागिता रहेको क्लबकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् । महिला र युवतीहरुलाई सक्षार बनाउका लागि कक्षा सञ्चालन गरिएको क्लबकी सचिव नमिता टिवडेवालले बताइन् ।
सो अबसरमा क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!