हिपमत डटकम

शुक्रबार, भाद्र १७, २०७९ || 59469  पटक पढिएको

विराटनगर । देशभरि नै चर्चा रहने मोरङ क्षेत्र नं. २ बाट सुजाता कोइराला र डा मिनेन्द्र रिजालको नाम सिफारिस गरिएको छ ।

नेपाली कांग्रेसको परिपत्र अनुसार एक निर्वाचन क्षेत्रबाट कम्तिमा एक महिला सहित ३ जना उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ।

तर नेपाली कांग्रेस मोरङ क्षेत्र नं. २ ले प्रतिनिधि सभा सदस्यका लागि २ जनाको मात्र नाम सिफारिस गरेको नेपाली काङ्ग्रेस क्षेत्र न-२ का उपसभापति देबेन्द्र बहादुर बस्नेतले हिपमत मिडियालाई जानकारी दिए ।

स्व. गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजताले मोरङ- २ बाट चुनाव लड्ने इच्छा व्यक्त गरेपछि डा. रिजालको एकल नाम सिफारिस हुन सकेन। पछिल्लो समय सुजाताले आफ्ना पिताले राजनीति गरेको क्षेत्रबाट उम्मेदवार हुने इच्छा देखाउँदै लबिङ गरेकी थिइन ।

दुईपटक समानुपातिक सांसद भएकाले सुजाताले यसपटक प्रत्यक्ष निर्वाचन लड्नुपर्ने हुन्छ । सूत्रका अनुसार पार्टीको संस्थापन पक्षले उक्त क्षेत्रमा सुजातालाई नै अघि बढाउन खोजेको छ । ‘पार्टी सभापति शेरबहादुर देउवाले मोरङ-२ गिरिजाबाबुको कर्म थलो हो, यसै क्षेत्रबाट तपाईं अघि बढ्नुस् भन्ने कुरा आएपछि सुजाता कोइराला अधि बढ्नु भएको हो’ कोइराला निकट एक नेताले हिपमत मिडियालाई बताए।

यसबारे कोइरालासित सम्पर्क गर्दा उनले आफु चर्चामा आउन मात्र मोरङ-२ मा केन्द्रित नभएको बताइन । ‘म व्याक हुन अघि बढेकै होइन उनले भनिन्, मीनेन्द्रजी र म मध्ये जसले उम्मेदवारी पाए पनि कांग्रेसलाई जिताउन खटिने सहमति भएको छ।’ बिहीबार उक्त क्षेत्रमा भएको एक कार्यक्रममा केहीबेर दुबेचीच ‘वान ट वान गफ भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया