हिपमत डटकम

बिहिबार, भाद्र १६, २०७९ || 2952  पटक पढिएको

रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका-१३ बेलवास चोकमा बुधबार साँझ भएको सवारी दुर्घटनामा परी लु.४१ प ४१६८ नम्बरको मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय सोनु भट्टराई र मोटरसाइकलमा सवार उनकै छोरा ६ वर्षीय निशान भट्टराई रहेका छन् । लु.४१ प ४१६८ र लु.४८ प ३२४६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई लु.४१ प ४१६८ नम्बरको मोटरसाइकल पुन: लु.१ क ४४२४ नम्बरको ट्याङकरमा समेत ठोक्किएर दुर्घटना हुँदा गम्भिर घाइते भएका उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी बझाङ जिल्लाको  केदारस्युँ गाउँपालिका-१ धार्तडास्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१००१ च २६९० नम्बरको जिपको ठक्करबाट पैदलयात्री बित्थडचिर गाउँपालिका-९ रैकोसी बस्ने ६० वर्षीय गगन ओखेडाको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । साथै जिप समेत पल्टिदा घाइते भएकी जिपमा सवार बुंगल नगरपालिका-६ बस्ने २५ वर्षीया सन्जु खत्री बोहरालाई उपचारको लागि धनगढीतर्फ पठाइएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी पर्सा जिल्लाको वीरगंज महानगरपालिका-१५ ब्रमचोकमा ना.७ ख १८३७ नम्बरको बसले ना.४० प ३४७९ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार रौतहट मौलापुर गाउँपालिका-५ बस्ने ६५ वर्षीय तुल्सी साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१८ देवन पेट्रोल पम्प छेउस्थित कर्ल्बटमा साईकल ठोक्किएर साईकलयात्री जहदा गाउँपालिका-१ भुटाहा बस्ने ४६ वर्षीय दिपचन शर्माको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।

त्यसैगरी बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका-८ ठुरे जंगलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुषको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!