हिपमत डटकम

मंगलबार, भाद्र १४, २०७९ || 18677  पटक पढिएको

भुटानमा आयोजना हुने इसिमोडको ५३औं बोर्ड अफ गर्भनरको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेल सहभागी हुने भएका छन् ।

सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गत भदौ १३ गते बसेको मन्त्रिपरिषदले बैठकका निर्णय सुनाउँदै पौडेललाई स्वीकृति दिने निर्णय गरेको जानकारी दिएका हुन् ।

त्यस्तै,ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतका कार्यक्रमको लागि अधिकृत तहका ४३१ पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने समेत मन्त्रिपरिषदले निर्णय गरेको छ ।

मन्त्री कार्कीले विश्व बैंक समुहको अन्तराष्ट्रिय विकास संंस्थाबाट डिजिटल नेपाल एक्सलेसन परियोजनको लागि १४० मिलियन अमेरिकी डलर सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!