हिपमत डटकम

मंगलबार, भाद्र १४, २०७९ || 20607  पटक पढिएको

दक्षिण भारतीय सुपरस्टार अभिनेता चिरञ्जीवी र बलिउड सुपरस्टार सलमान खानको अभिनय रहने फिल्म ‘गडफादर’को सुटिङ नेपालमा हुने भएको छ । फिल्म युनिटका एक सदस्य राजेन्द्र घिमिरेले फिल्मको छायांकन जोमसोम आसपासका स्थानमा हुने जानकारी दिए । घिमिरे नेपाली मुलका हुन् ।

फिल्ममा चिरञ्जीवीको मुख्य भुमिका रहने छ, भने सलमान खानले उनको भाइको भूमिकामा अभिनय गर्नेछन् । फिल्ममा नयनताराको पनि मुख्य भुमिका रहनेछ ।

घिमिरेका अनुसार चिरञ्जीवी, सलमान र नयनतारा सहित फिल्म युनिट आगामी सेप्टेम्बरमा नेपाल आउनेछन् । फिल्मको निर्माण टिमको एक टोली नेपाल आएर केही पहिले सुटिङ गर्न चाहेको जोमसोम क्षेत्रको अवलोकन गरिसकेको छ । टिममा घिमिरे समेत रहेका थिए ।

घिमिरे ‘गडफादर’ का लाइन प्रोडुसर समेत हुन् । फिल्मका लागि चिरञ्जीवी र सलमान दुवै एकै समय नेपाल आउने घिमिरेले जनाकारी दिए । केही अगाडि चिरञ्जीवीको जन्मदिन पारेर ‘गडफादर’ को टिजर समेत सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!