हिपमत डटकम

सोमबार, भाद्र १३, २०७९ || 9415  पटक पढिएको

मोरङ । मोरङको बिराटनगर महानगरपालिका -१४ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत सुक्रवार बेलुका लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले रामधुनी नगरपालिका-८ घर भई बिराटनगर-१४ मुण्डा पोखरी स्थितमा डेरा गरी बसेकी २७ बर्षीया सरस्वती गुरुङको कोठा खानतलासी गर्ने क्रममा १४ ग्राम ६१ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु सहित सिन्धुपाल्चोक चौताराका २६ बर्षीय बिकाश थापा, बिरानगर-१५ का २४ बर्षीय बरुण साह, बिराटनगर-३ का ३० बर्षीय आशिस हमाल, बिराटगर-१३ का ३० बर्षीय सुलभ रिजाल र धरान-२० का २३ बर्षीय रोशन लिम्वु समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको सम्मानित मोरङ जिल्ला अदालतबाट लागुऔषध कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया