राम प्रेम यादब

मंगलबार, साउन ३१, २०७९ || 4809  पटक पढिएको

जनता समाजवादी पार्टी (जसपा) का मोरगं जिल्ला अध्यक्ष राज कुमार यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकोमा आपती जनाएका छन् । राष्ट्रपति ज्युले मौसम अनुसार अधिकार प्रयोग गरेको यादवले मिडियालाई जानकारी दिए।

हिपमत डटकमसँग कुराकानी गर्दै जिल्ला अध्यक्ष यादवले राष्ट्रपतिले पहिले आफ्नो अधिकार अनुसार अध्यादेश अनुमोदन गरेको र अहिले नागरिकता विधेयक फिर्तामा पनि आफ्नो अधिकार प्रयोग गरेको बताए। तर एकपटक ठिक भएको प्रावधान अर्को पटक कसरी बेठिक भयो नागरिकता पिडित लाखौ जनतालाई महामहिम ज्युले जवाज दिनु पर्छ।

तत्कलीन केपी ओली सरकारले ल्याएको नागरीकता सम्बन्धी अध्यादेश हुबहु छन् । एउटै कुरा कुनै बेला राष्ट्रवादी र कुनै बेला राष्ट्रघाती कसरी भयो। दलहरूले रङ फेर्न सक्ने तर जनताले त्यसको मूल्यांकन गर्ने भन्दै यादवले राष्ट्रपतिले रङ फेर्न नमिल्ने बताए। यादवले भने राष्ट्रपति त पुरै देशको साझा हुन्छन् तर हाम्रो देशको राष्ट्रपति त एमालेको हुनुहुदो रहेछ एमालेले जे आदेश दियो त्यहि मान्नु हुदो रहेछ यो हाम्रो देशको बिडम्बना हो राजकुमार यादवले बताए।

नागरीकता नभएर तराई मधेशका मात्र नभई नेपालका लाखौं नागरीक समस्यामा छन् । +२ पछी पढन चाहने बिधार्थी देखि लिएर बैदेशीक रोजगारमा, घुम्न तथा अन्य थुप्रो कामले बाहीर जान चाहने लाखौं नागरीक मारमा परेका छन् । प्रधामन्त्री शेर बहादुर देउवा नेतृत्वका सरकारले ल्याएको नागरीकता सम्बन्धी बिधेयकले लाखौं मानिस खुसी थिए । नेकपा एमालेका केही झोले बाहेक कसैले कही कतौबाट बिरोध गरेका थिएन । राष्ट्रपति ज्युले पनि एमालेकै ईशारामा बिधेयक फीर्ता गरेको बताए ।

राष्ट्रपति भन्नेको राष्ट्रको प्रमुख हुन्छ नाकी कुनै पार्टीको ईसारमा नाच्ने कठपुतली । कुनै पनि पार्टीको सरकार हुदा जनताको हितमा ल्याएको कुरालाई यसरी फिर्ता गर्न मिल्दैन । फिर्ता गरेको बिधेयक यथाशिघ्र पास गरीयोस् भन्ने कुरामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!