हिपमत डटकम

आइतबार, साउन २९, २०७९ || 1583  पटक पढिएको

काठमाडौं । एमाले सत्ता गठबन्धनविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुन थालेको छ। एक्लै चुनाव लड्ने मनस्थितिका साथ अघि बढेको एमालेले आफ्ना नेता–कार्यकर्तालाई राजनीतिक ढंगले सत्ता गठबन्धन दलको प्रतिवाद गर्न निर्देशन दिएको छ। एमालेका शीर्ष नेताले पनि गठबन्धनविरुद्ध आक्रामक अभिव्यक्ति दिन थालेका छन्।

सत्ता गठबन्धन एमालेलाई निर्वाचनमा एक्ल्याएर जाने तयारीमा छ। साथै गठबन्धनको एक घटक माओवादी केन्द्रले एमालेबाहेकका कम्युनिस्टलाई समेटेर वामपन्थी मोर्चा बनाउने रणनीति अख्तियार गरेको छ।

यसकारण एमाले उसप्रति आक्रामक बनेको छ। गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई त एमाले पार्टी नै मान्न तयार छैन।

एमालेले निर्वाचनमा कांग्रेसलाई प्रमुख प्रतिस्पर्धी ठानेको छ। प्रमुख प्रतिस्पर्धीप्रति एमाले स्वाभाविक रूपमा आक्रामक हुने नै भयो। निर्वाचन लक्षित गरेर सातवटै प्रदेशमा गरिएका प्रशिक्षणमा पनि एमाले नेतृत्वले वर्तमान सरकारको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिएको छ।

एमाले सचिवालयको बिहीबारको बैठकमा अध्यक्ष केपी ओलीले मंसिर ४ गते हुने निर्वाचन पार्टीका लागि चुनौतीपूर्ण रहेको बताएका थिए।

उनले त्यसक्रममा विगतमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामलाई जनतामाझ पुर्‍याउन र वर्तमान सरकारले महँगी बढाएर जनताको दैनिक जीवनमा असर पारेको, आर्थिक मन्दी निम्त्याएको जस्ता विषयको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए।

उनले हरेक कार्यक्रममा सरकार र गठबन्धन दलविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुन आग्रह गरेका थिए। यसैबीच शनिबार आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसले मुलुकलाई प्रतिस्पर्धाको राजनीतिबाट दुस्मनीतर्फ लगेको आरोप लगाएका छन्।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!