धरान । धरानमा आज –बुधबारदेखि बजार अनुगमन सुरु गरिएको छ । ईलाका प्रशासन कार्यालय धरानको अगुवाईमा धरान उपमहानगरपालिकाका राजश्व शाखा, कृषि शाखा, ईलाका प्रहरी र नगर प्रहरीसहितको टोलीले संयूक्त रुपमा वडा नं. ३ स्थित माछाभौडी क्षेत्रमा अनुगमन गरेको हो ।

उनिहरुले माछाभौडी बजार क्षेत्रमा रहेका भेटनेरी, किराना पसल, सुन पसल, माछा, मासु पसलको अनुगमन गरेका थिए । प्रशासन ईलाका प्रशासन कार्यालयका प्रमुख चुडाराज भट्टराईले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरु गरिएको बताए ।

उनले धरान उपमहानगरपालिका र आन्तरिक राजश्व कार्यालयमार्फत यो आजदेखि सन्देशमुलक अनुगमन सुरु गरिएको जनाए । उनले आज पनि किराना पसलमा म्याद गुज्रेको अखाद्य वस्तु, मासु पसलमा कुहिएको मासु विक्री गर्न राखिएको भेटिएको बताए । उक्त म्याद गुज्रेको अखाद्य वस्तु र कुहिएको फाल्न लगाईएको उनले बताए । मासु अर्को पटक पनि अनुगमनको क्रममा म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु उपभोक्तालाई बिक्री वितरण गरेको पाईएमा प्रचलित कानुन अनुसार जरिवानासहित कारबाही गरिने उनले बताए ।

अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तुलाई एक्स्पायर जोन बनाएर राख्न, व्यवसाय दर्ता तथा मूल्यसूची उपभोक्ताले देखिने स्थानमा अनिवार्य टाँस गर्न निर्देशन दिइएको भट्टराईले बताए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!