हिपमत डटकम

मंगलबार, साउन २४, २०७९ || 1301  पटक पढिएको

काठमाडौं। आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ ।

निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गर्दै असोज चौथो साता पहिलो हुने निर्वाचित हुने प्रणाली ‘प्रत्यक्ष’तर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता गर्ने भएको हो ।

प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन हुनेछ । असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

असोज २८ गतेदेखि मङ्सिर १ गतेससम्म उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ ।

मंसिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ ।

आगामी चुनावबाट प्रत्यक्षतर्फ एक सय ६५ प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभातर्फ तीन सय तीस जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

समानुपातिकतर्फको निर्वाचनका लागि साउन ३० गते नै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

निर्वाचन प्रयोजनका लागि साउन २२ गतेदेखि ३१ गतेसम्म दल दर्ता हुँदैछ । दर्ता भएका दलले असोज दुई र तीन गते उम्मेदवारको बन्दसूची बुझाउने छन् ।

समानुपातिकतर्फ एक सय १० जना प्रतिनिधि सभा सदस्य तथा दुई सय बीस जना प्रदेश सभा सदस्य निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!