मिलन के राउत
उर्लाबारी । ३९ वर्षीय सोमप्रसाद आचार्यलाई विहान सबेरैदेखि राति अबेरसम्म फुर्सद भन्ने हुँदैन । घरि गाईवस्तु, घरि बाख्रा स्याहार्दै र खेतमा कुटो कोदाली गर्दागर्दै कतिबेला दिन बित्छ, पत्तो हुँदैन । केरा खेती, तरकारी खेती, बाख्रा, हाँस र कुखुरा पालनमा उनी दिनरात नभनी खटेका छन् । कृषि कर्मलाई आधुनिक तौरतरिका अपनाइ उनी अघि बढेका छन् ।
व्यावसायिक कृषि कार्यका लागि उर्लाबारी–५ सिसौलीमा उनको स्वस्तिका एण्ड कुषि फर्म सञ्चालनमा छ । ५ कट्ठा जग्गामा व्यावसायिक केराखेती, डेढ बिगाहा जग्गामा तरकारी बाली लगाएका छन् । तरकारी र केराखेतीका लागि जग्गा लिजमा लिएका हुन् । आफ्नै जमीनमा गोठ बनाएर उन्नत जातका सातवटा गाई पालेका छन् । खोरमा २० वटा बोका बाख्रा छन् । हाँस–कुखुरा गरी ५० हाराहारीमा छन् ।
केराखेती र सब्जीका लागि बीउ–बिरुवा रोप्ने, गोडमेल र सिँचाइ गर्ने अनि बजार व्यवस्थापनको कार्यमा आचार्य कामदारसंगै खट्छन् । उनले निश्चित पारिश्रमिक दिएर तीनजना कामदार राखेका छन् । सोमप्रसादलाई कृषि कार्यमा श्रीमतीले पनि साथ दिँदै आएकी छन् ।
उनको मुलघर खोटाङको दिक्तेल हो । उतै हुँदा बैदेशिक रोजगारको शिलशिलामा दुबई पुगेका थिए, सोमप्रसाद । दुबईमा उनले बगैंचा गोडमेल गर्नेदेखि खजुर खेती स्याहार्नेसम्मका काम गरेको सुनाए । ‘किसानको छोरो हुँ, बोटबिरुवा रोप्ने, गोड्मेल गर्ने, हुर्काउने गरेकै थिए’ सोमप्रसादले भने – आधुनिक कुषिकर्म भने भोगेको थिइन्, बाली लगाउनेदेखि उत्पादन गर्नेसम्मका तौरतरिका दुबईमा सिक्न पाए । दुबईबाट घर फर्केपछि, उनले परिवारसहित बसाइँ सर्ने निर्णय लिए ।
तराई झरेर खेती किसानीमै रम्ने निधो गरेका उनले उर्लाबारी – ५ मा घर निर्माण गरे । अनि सर सापट खोजेर कृषिकर्ममा अजमाउन पुगे । परम्परागतरुपमा गरिएको कार्य भएकाले लागत खर्च धेरै हुने र आम्दानी थोरै हुने गरेको उल्लेख गर्दै सोमप्रसादले भने, ‘परम्परागत कार्यलाई परिमार्जन गरी आधुनिक तरिकाले केरा खेतीलाई अगाडि बढाउन अग्रसर भएको छु ।’ उनी २०७२ सालदेखि उर्लाबारीका बासिन्दा भएका छन् ।
सुरुमा ब्रोइलर कुखुरा र च्याउ खेतीमा लगानी गररेको सोमप्रसादले बताए । नयाँ ठाउँ ति माथि प्राविधिक ज्ञान नहुँदा आफुले पाउनुसम्म दुःख पाएको विगत स्मरण गरे ।
आम्दानी गर्ने स्रोत धेरै भएपनि खासगरी युवाले गर्नै नमान्ने कृषि पेशालाई अपनाएको उनी बताउँछन् । ‘युवाले कृषि कार्य गरे समाजमा सकारात्मक सन्देश जान्छ’, उनले भने, ‘त्यसैले यस पेशामा जोस र जाँगरका साथ लागेको छु । यसमै खुसी छु ।’
सोमप्रसादको सुझाव छ, कृषि पेशालाई निर्वाहमुखी नभएर व्यावसायिक बनाउनका लागि राज्यको नीतिमै निकै फेरबदल गर्नुपर्छ । राज्यको नीति निर्माण गर्ने तहमा कृषिमा संलग्न व्यक्तिको समेत प्रतिनिधित्व भए सबल नीति निर्माण भई कृषिबाटै सबल अर्थतन्त्र निर्माण गर्न स