
कोरोना संक्रमणको आशंकामा २ जनालाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आइसोलेसनमा राखेको छ।

चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना ज्वरो आएको भन्दै अस्पताल पुगेपछि कोरानो संक्रमण भएको आशंकामा चेकजाँचका लागि निगरानीमा राखिएको हो।
अस्पतालका अनुसार आइसोलेसनमा राखिएकामा दुई जना पुरुष छन्। उनीहरुबारे भोलिसम्ममा रिपोर्ट आउने अस्पतालले जनाएको छ।