हिपमत डटकम

मंगलबार, साउन ०३, २०७९ || 774  पटक पढिएको

श्रीलंकाको संसदमा बुधवार हुने राष्ट्रपति निर्वाचनमा तीन जना उम्मेदवार उठ्ने भएका छन् ।

कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिंघे, जनता विमुक्ति पेरामुना पार्टीका अध्यक्ष अनुरा कुमारा दिशानायका र श्रीलंका पोदुजना पेरामुना पार्टीका सांसद दुल्लास अल्लाहपेरुमाले राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् ।

श्रीलंकाली संसदमा आज राष्ट्रपति पदका लागि मनोनयनको आह्वान गरिएको थियो । तीन प्रतिस्पर्धीलाई उनीहरूका दलले प्रस्ताव तथा समर्थन गरेका हुन् ।

पछिल्लो समय आर्थिक संकट रोक्न सरकारले पर्याप्त कदम नचालेको र आवश्यक सामग्रीको अभाव भएको भन्दै श्रीलंकामा सरकारविरुद्ध प्रदर्शन हुँदै आएको छ ।

राष्ट्रपति गोटाबाया राजपाक्ष भागेर सिंगापुर पुगेका छन् । त्यसपछि कार्यबाहक राष्ट्रपतिमा प्रधानमन्त्री रनिल विक्रमासिंघे नियुक्त भएका छन् ।

श्रीलंका पछिल्लो समयमा आर्थिक संकटमा फसेको छ । देश आर्थिक संकटमा फसेसँगै यहाँको राजनीतिक अस्थिरतामा पनि थप बढ्दै गएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!