राजन पोखरेल

शुक्रबार, आषाढ ३१, २०७९ || 5881  पटक पढिएको

सुन्दरहरैँचा । सुन्दरहरैँचामा विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेश गर्नेको लहर चलेको छ । बिहीवार राप्रपा सुन्दरहरैँचा नगरकमिटिद्वारा आयोजित नगर भेला कार्यक्रममा काङ्ग्रेस, एमाले र माओवादी पार्टी पारीत्याग गरी राप्रपा पार्टी प्रवेश गर्नेको लहर सयौको संख्यामा बढेको हो ।

प्रवेशीहरुलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अबिर लगाएर स्वागत गरेका छन । सुन्दरहरैँचाबाट जयप्रसाद सिटौला र रमेश रिजालको संयोजक्त्वमा विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेश गरेका हुन ।

अध्यक्ष लिङ्देनले काङ्ग्रेस एमाले र माओवादीलाई भोट दिनु भनेको देश बिगार्नु हो भन्ने अभिव्यक्ती दिएका छन । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले अन्य पार्टीलाई भोट् दिनु भनेको देश बिगारन तर्फ जनता आँफै लागेको बताएका हुन ।

उनले देश अहिले कठिन र कमोर अवस्थामा रहेको कारण एक पटक जनताले भोट हाल्ने बेलामा पुनर्विचार गर्नुपर्ने बेला आएको बताएका छन ।

नेपालका नागरिकलाई विदेशमा काम गर्न कसले वाध्य बनायो ? ३२ वर्षमा किन नेपाल बिकास हुन सकेन ? हिजो राजाको पालामा स्थापना भएको उधोग आज किन बन्द भए ? जस्ता प्रश्न लिङ्देनले गरेका थिए ।

उनले नेपालमा भ्रष्टचार बढेको भन्दै एक पल्ट राप्रपालाई भोट दिन अनुरोध गरे । उनले राप्रपाबाट धोका नहुने समेत बताए छन । नवप्रवेशी काङ्ग्रेसहरुले काङ्ग्रेसमा गुट उपगुट भएकै कारण आफुहरु अन्य तिर जानु परेको र काङ्रेस विधान अनुसार चल्न नसकेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!