हिपमत डटकम

बुधबार, आषाढ २९, २०७९ || 3873  पटक पढिएको

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् ।

प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ ।

प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागेका छन् । उनी भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेका हुन् ।

राष्ट्रपतिले आज (बुधबार) राजीनामा दिने बताएका थिए । देश आर्थिक संकटमा फसेपछि नागिरकले राष्ट्रपति र प्रधानमन्त्री दुबैको राजीनामा मागेर प्रदर्शन गरिरहेका छन् ।

राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले दुबैले राजीनामा निदएसम्म आफूहरु घर नफर्कने अडान लिएका छन् । साभार :- अनलाईन खबर

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!