हिपमत डटकम

सोमबार, आषाढ २७, २०७९ || 1133  पटक पढिएको

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी साता प्रतिनिधि सभाको चुनाव घोषणा हुने बताएका छन् ।

साउनको ४ या ५ गते मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्ने तयारी भएको उनले बताए ।

सोमवार ललितपुर क्षेत्र नम्बर २ मा आयोजित कार्यक्रममा महामन्त्री थापाले चुनाव मिति घोषणा हुन बाँकी रहेको ८ दिनमा मतदाता नामावली संकलनको काममा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।

‘साउनको ४ या ५ गते मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्छ । मंसिरको ४ या ५ मा चुनाव हुन्छ । बाँकी रहेको यो ७-८ दिन मतदाता नामावली संकलनमा जुट्नुस्,’ थापाले भने ।

महामन्त्री थापाले यसपटकको चुनावमा कांग्रेसले जनताको जीवनमा सुधार ल्याउने विश्वास दिलाउन सके जनताको मत र मन दुवै जित्ने बताए । महामन्त्री थापाले आज शुरु हुने केन्द्रीय समिति बैठकमा पार्टीलाई प्रभावकारी बनाउने विषयमा जमेर छलफल गर्ने बताए ।

‘हामी माथि चुक्यौँ भने त्यसको प्रभाव तल पनि पर्छ । भातृ संगठनको पदाधिकारी टुंगाउनेलगायत विषयमा सभापतिसँग हिजो पनि कुरा भएको छ, आज पनि छलफल गर्छौं,’ थापाले भने ।news source : Lokantaar 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!