काठमाडौं, १७ असार । प्यूठान, प्युठान नगरपालिका-२ कट्टेपोखरास्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने हेमराज परियारकी छोरी ८ वर्षीया प्रजुना परियारको बिहीबार दिउँसो मृत्यु भएको छ ।
त्सैगरी बाँके, नेपालगञ्ज उपमहानगरपालिका-१५ पिप्रहवास्थित तलाउमा सोही ठाउँ बस्ने १६ वर्षीय राजन बर्मा बिहीबार बेलुकी मृत अवस्थामा फेला परेका छन् । उक्त तलाउमा नुहाउने क्रममा राजन डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले स्थानीयवासीहरूको सहयोगमा खोजी गर्ने क्रममा उक्त शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।