हिपमत डटकम

आइतबार, आषाढ ०५, २०७९ || 668  पटक पढिएको

रुपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्षको देवरको निधनमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको निधन भएकाले सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख छ ।

 

गाउँपालिका अध्यक्ष गयाप्रसाद बरहीले जारी गरेको सूचनामा गाउँपालिका कार्यालयदेखि विद्यालय र संघ संस्थाहरू सम्मलाई बिदा दिइएको उल्लेख छ । तर सूचनामा निधन भएका व्यक्तिको नाम भने उल्लेख छैन ।
प्रमुख प्रशासकीय अधिकृत मीनप्रसाद भट्टराईले आफूलाई बिदाको सूचना बारेमा जानकारी नरहेको बताए । आफू घर बिदामा रहेकाले बिदाका बारेमा आफूलाई जानकारी नभएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!