हिपमत डटकम

सोमबार, जेठ ३०, २०७९ || 8745  पटक पढिएको

काठमाडौं। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्काल वामपन्थी पार्टीहरुबीचको एकता सम्भवन नरहेको प्रष्ट पार्नुभएको छ । आज बसेको सचिवालय बैठकपछि पत्रकारसम्मेलनमा उपमहासचिव ज्ञवालले एमाले र माओवादी केन्द्रबीच एकताको अनुमान सही नभएको प्रष्ट पार्नुभयो ।

उहाँले अहिले देशलाई वामपन्थी एकातिर र गैरवामपन्थी एक हुनुपर्छ भन्ने पक्षमा एमाले नरहेको बताउनु भयो । ‘त्यो अनुमान सही होइन । छलफल चलिरहेको छ एमाले अहिले देशलाई वामपन्थी एकतातिर र गैरवामपन्थी एक हुनु पर्छ भन्ने ध्रुवीकरणको पक्षमा एमाले छैन,’ ज्ञवालीले भन्नुभयो ।

एमाले अहिले बलियो राष्ट्रिय शक्ति बनाउने पक्षमा केन्द्रीत रहेको उहाँको भनाइ छ । आदर्श र निष्टाका राजनीतिक गर्ने वामपन्थी एमालेमा जोडिन सक्ने धारणा भने उहाँले राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!