बिराटनगर। विराटनगर महानगरपालिकाको १९ वटा वडामध्ये ४ वटा वडाको मतगणना सकिएको छ । मतपरिणाम अनुसार वडा नम्बर १६ मा कांग्रेस, १९ मा एमाले, १७ मा जसपा र १८ मा स्वतन्त्र उम्मेद्वारले जितेका छन् ।
१६ मा काँग्रेसका उम्मेदवार उद्धव भूजेलले ७५२ मत, १७ मा जसपाका उम्मेदवार समिम कमर मियाले १४५० मत, १८ मा स्वतन्त्र उम्मेदवार जितेन्द्र कुमार साहले ७१६ र १९ मा एमालेका उम्मेदवार श्याम घिमिरले ९८७ मतले वडाअध्यक्ष जितेका छन् ।