रबिन्द्र बराल

सोमबार, जेठ ०२, २०७९ || 541  पटक पढिएको

रंगेली ,जेष्ठ २। रंगेली नगरपालिका काे स्थानीय निर्वाचनकाे मतगणनाकाे बिषयमा मतपेटिकामा त्रुटी देखिएकाे भन्दै मतगणना पुनः सन्चालन स्थगित भएको मतगणनाकाे बिषयमा जानकारी लिनका लागि प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया जनता क्याम्पसमा आज बिहन ११ बजे मतगणना स्थल आएका छन् ।

साे क्रममा थपलियाले नेकपा एमालेका उमेदवार दिलिप बगडिया, नेपाली काङ्ग्रेसका उमेदवार माेदराज घिमिरे , नेकपा मओवादीका उमेदवार रफिक आलमा, गठबन्धनका उम्मेदवार पन्नालाल मंण्डल लगायत स्थानीय राजनीति दलका प्रतिनिधि संग मतपेटिकामा भएको त्रुटि देखिएकाे भन्ने बिषयमा छलफल गर्नु भयो ।

साे छलफलमा माेरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, रंगेली निर्वाचन अधिकृत रामहरी काफ्ले साहयक प्रजिअ महेशराज तिमल्सिना , प्रमुख शान्ति राज काेईराल, लगायकाे उपस्थित रहेको थियो । साे दलहरू बिचकाे बैठकमा सहमति भए पछि मतगणना गरिने बुझिएको छ ।

वडा नम्बर ८ काे मतपेटिकामा सिल नभएको भन्दै नेपाली काङ्ग्रेस ले बिराेध गरेका थिए । प्रमुख जिल्ला अधिकारी काशिराज दाहलले मतगणना खुलाउने बिषयमा छलफल भईरहेकाे बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!