हिपमत डटकम

मंगलबार, बैशाख २७, २०७९ || 577  पटक पढिएको

 

विराटनगर । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मौन अवधि शुरुको पूर्वसन्ध्यानमा नेकपा एमाले विराटनगरले वृहत् पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ ।

मङ्गलबार विहान रोडशेषदेखि रानीसम्म र अपरान्ह पुस्पलाल चौकदेखि रोडशेषसम्म पार्टीका नेता कार्यकर्ता, समर्थक शुभचिन्तक र उमेदवारको सहभागिता रहेको पदयात्रामा जनताको अपार समर्थन रहेको थियो । पार्टीका विराटनगर निर्वाचन परिचान कमिटीको संयोजक विनोद ढकालका अनुसार पदयात्राका क्रममा चोक चोकमा उपस्थित भएका स्थानीयले पदयात्रीहरूलाई हौसला प्रदान गरका थिए ।
मारवाडी समुदायको वाहुल्य बजारक्षेत्रका मतदाताहरूले यसपटकको निर्वाचनका माध्यमबाट महानगर महानगरको नेतृत्व एमालेलाई सुम्पने प्रतिवद्धता प्रकट गरेको संयोजक ढकालले जानकारी दिनुभयो ।

आफ्ना चुनावी नाराहरूका साथ पुस्पलाल चोकबाट शुरुभएको पदयात्राको नेतृत्व पार्टीका केन्द्रीय नेताहरू गुरु बराल, विनोद ढकाल, पूर्वमेयर रमेशचन्द्र पौडेल, पार्टीका अन्य केन्द्रीय, प्रदेश र जिल्ला तहका नेताहरूले गर्नुभएको थियो । समृद्ध विराटनगर बनाउने सपना बोकेर पार्टीका तर्फबाट मेयर र उम्मेदवार बनेका सागर थापा र शिल्पा कार्की, वडाध्यक्ष तथा सदस्यका उमेदवारहरूले मतदाताहरूसँग भोटमाग्दै गरेको पदयात्रा अपरान्ह रोडशेषमा पुगेको सभामा परिणत भएको थियो ।

औपचारिक रुपमा मतमाग्नका लागि तय गरिएको अन्तिम सभालाई सम्वोधन गर्दै पार्टी केन्द्रीय सदस्य विनोद ढकालले मङ्गलवार मध्येरातीबाट प्रचारको समय समाप्त भएपनि मतदातालाई भेटेर मत माग्न र मत सुरक्षाका लागि सचेत हुन आह्वान गर्नुभयो । मौन अवधिमा मतदातालाई अवाञ्छित प्रलोभनमा पारेर विभिन्न व्यक्तिहरूबाट हुनसक्ने चलखेललाई दुरुत्साहन गरी एमालेको पक्षमा देखिएको जनउभारलाई मतदानसम्म पु¥याउन सकियो भने एमालेको जीत सुनिश्चित भएको संयोजक ढकालको तर्कथियो । सभालाई मेयरका प्रत्यासी सागर थापाले विराटनगरको यसपटकको निर्वाचनलाई महाभारतको युद्धको संज्ञा दिँदै सो युद्धमा जसरी पाण्डपक्षको विजय भयो त्यसरी नै एमालेको विजय हुने धारणा राखे ।

उपमेयरकी उमेदवार शिल्पा कार्कीले जसरी छोरीको कन्यादनका लागि सुयोग्य बरको चाहाना र कामना हुन्छ, त्यसरी नै छोरीरुपी विराटनगर महानगरले पनि सुयोग्य नेतृत्व खोजेकोछ, यो सुयोग्यता नेकपा एमालेका उमेदवारहरूमा भएकोले सूर्यमा मतदान गरी बिजयी बनाई दिन सम्पूर्ण महानगरवासी मतदाहरूलाई अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!